Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सेमीकन्डक्टर क्षेत्रमा विश्वको पावर हाउस बन्ने दाउमा भारत,तीनवटा परियोजना शिलान्यास

Global IME Bank Limited
सेमीकन्डक्टर क्षेत्रमा विश्वको पावर हाउस बन्ने दाउमा भारत,तीनवटा परियोजना शिलान्यास
Nabil Bank Limited

काठमाण्डौ । भारतले सेमी कन्डक्टर क्षेत्रमा विश्वको अग्रेणी बन्ने महत्वाकांक्षी लक्ष्यका साथ सेमीकन्डक्टर परियोजनाको शिलान्यास गरेको छ ।  

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटा सेमीकन्डक्टर परियोजनाको शिलान्यास गरेका हुन् ।  

शिलान्यासका क्रममा बोल्दै मोदीले भारतले पहिले नै अन्तरिक्ष,परमाणु उर्जा र डिजिटल क्षेत्रमा सफलता हासिल गरिसकेको र अब आउने दिनमा सेमीकन्डक्टर क्षेत्रमा समेत विश्वको पावर हाउस बन्ने बताए । यी परियोजनाबाट सबैभन्दा धेरै लाभा युवाहरुलाई हुने मोदीले बताएका छन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भारतले सेमीकन्डक्टर विकास तथा उत्पादनका लागि ७६ हजार करोड भारु लगानी गर्ने योजना बनाएको छ ।  

पछिल्लो समय सेमीकन्डक्टरको उपयोग व्यापक हुन थालेको छ । स्मार्ट फोन,एटीएम,अस्पताल,ल्यापटप,वासिंङ मेशिन कार,कम्प्युटर लगायतका प्रविधि तथा पूर्वाधारमा यसको उपयोग हुने गरेको छ । विश्वमा अहिले सेमीकन्डक्टरको अभावले डिजिटल अर्थतन्त्रलाई अवसर प्रदान गरेको छ ।  

भारत सेमीकन्डक्टर चीपको विश्वको दोस्रो ठूलो आयातकर्ता देश हो । बितेको ३ वर्षमा भारतको सेमीकन्डक्टर चीपको आयात ९२ प्रतिशतले वृद्धि भएको छ । सन् २०२६ मा यो ८० अर्ब डलर र सन् २०३० सम्म ११० अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ ।  सेमीकन्डक्टर चीप उत्पादनका लागि ८५ हजार इन्जिनीयरको आवश्यकता पर्ने अनुमान गरिएको छ ।  

अहिले विश्वमा इन्टेल,सामसुङ,ताइवान,ब्राडकम र एनभिडिया जस्ता कम्पनी तथा देश सेमीकन्डक्टर चीप उत्पादनमा अग्रेणी स्थानमा छन् । यो सिलिकनबाट बन्ने गर्छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.