काठमाण्डौ । चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण ३० जनाको मृत्यु भएको छ । यससँगै बेइजिङ प्रशासनले आपतकालीन बाढीको चेतावनी जारी गरेको छ।
गत शनिबारदेखि सुरु भएको वर्षाका कारण हालसम्म ८० हजारभन्दा बढी मानिस अन्यत्र जान बाध्य भएका छन् । मंगलबार दिउँसोसम्म भारी वर्षा हुने अनुमान गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढीमा बेपत्ता भएका सबैको खोजी र राहत कार्यका लागि निर्देशन दिएका छन् ।
जिनपिङले सोमबार बाढीबाट हराएका वा अलपत्र परेका मानिसहरूको खोजी र उद्धार गर्न र प्रभावित क्षेत्रका मानिसहरूलाई स्थानान्तरण गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
जुलाई महिनामा बेइजिङमा ठूलो बाढी आएको थियो। यी मध्ये सबैभन्दा ठूलो बाढी जुलाई २०१२ मा आएको थियो । त्यसबेला बेइजिङमा एक दिनमा १९० मिमी पानी परेको थियो।
त्यस बाढीमा ७९ जनाको मृत्यु भएको थियो ।