Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मेडिकेयर हस्पिटलको ४.८२ लाख कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला,आईपीओ पनि जारी गर्ने

Global IME Bank Limited
मेडिकेयर हस्पिटलको ४.८२ लाख कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला,आईपीओ पनि जारी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । मेडिकेयर हस्पिटल लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीहरुका लागि चुक्तापूँजी ४० करोड १७ लाख ८५ हजार ७०० रुपैयाँको १ः०.१२ अर्थात १२ प्रतिशतले हुन आउने प्रतिसेयर अंकित मूल्य रु.१०० दरका ४ लाख ८२ हजार १४३ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो ।  

कम्पनीको गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित भएको थियो । यो हकप्रदमा फागुन ३० गतेसम्म कम्पनीको सेयर दर्ता किताबमा कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 लगानीकर्ताले हकप्रद सेयर खरिदका लागि चाबहिलमा रहेको मेडिकेयर हस्पिटलको रजिष्टर्ड कार्यालयमा दरखास्त आवेदन बुझाउनुपर्नेछ । हकप्रदमा आवेदनबापतको रकम भने माछापुच्छ्रे बैंक र सानिमा बैंकमा  बुझाउनु पर्ने कम्पनीले जनाएको छ ।  

हकप्रद सेयर खरिदका  लागि लगानीकर्ताले आगामी वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त मितिसम्म आवेदन नआएमा कम्पनीको नियमावलीमा भएको. व्यवस्था अनुसार उक्त सेयर जफल हुनुका साथे कम्पनीको सम्पत्ति हुने र उक्त सेयरलाई कम्पनीले उपयुक्त ठानेमा बिक्री तथा बाँडफाँड गनै सक्ने कम्पनीले जनाएको छ ।  

मेडिकेयर हस्पिटल लिमिटेड नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनी भने होइन । कम्पनीले आईपीओ निष्कासनको तयारी भने गरिरहेको छ । कम्पनीको गत पुस २८ गते सम्पन्न  २६ औं वार्षिक साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित भएको थियो ।  कम्पनीले चुक्तापूँजीको ४८.८० प्रतिशत बोनस सेयर र १४.३४ प्रतिशत नगद लाभांश गरि कुल ६३.१५ प्रतिशत लाभांश बितरण गरेको थियो । 

कम्पनीले बोनस र हकप्रदपछि कायम हुने पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.