आईतवार, असार ८,२०८२ 05:05:12
  • आईतवार, असार ८,२०८२ 05:05:12
Global IME Bank Limited

खूद ब्याज आम्दानी नवीलको भन्दा ग्लोबल आइएमईको धेरै, अन्य सूचकमा कुन कस्तो ?

Hyundai Nepal
खूद ब्याज आम्दानी नवीलको भन्दा ग्लोबल आइएमईको धेरै, अन्य सूचकमा कुन कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ उद्योगमा साइजको हिसाबले सबैभन्दा ठूलो बैंक हो ग्लोबल आइएमई बैंक । प्रमुख वित्तीय सूचकहरुका आधारमा हेर्ने हो भने नवील बैंक उद्योगको लिडर हो । यी दुई बैंकको वित्तीय सूचकदेखि गतिविधिसम्ममा लगानीकर्ता, नियामक र सर्वसाधारणको चासो हुने गर्दछ ।  

आज यी दुवै बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।  

नवील बैंकले समीक्षा अवधिसम्ममा ३ अर्ब २० करोड खूद नाफा आर्जन गरेको छ । यो बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।  

गत वर्षको सोही अवधिको तुलनामा नवीलको खूद नाफा ६.२८ प्रतिशतले घटेको देखिएको छ ।  

अघिल्लो वर्षको यही अवधिसम्म ४ अर्ब ८६ करोड रहेको सञ्चालन मुनाफा पनि घटेर ४ अर्ब ५६ करोडमा सीमित बन्न पुगेको छ ।  

नाफा घटे पनि बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ७ अर्ब ८३ करोडमा सीमित खूद ब्याज आम्दानी बढाएर ८ अर्ब २४ करोडको उचाई चुमाएको छ।

प्रतिकूल अवस्थामा समेत नवीलले खराब कर्जा घटाउने सफलता प्राप्त गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १.४६ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर १.२ प्रतिशतमा सीमित बन्न पुगेको हो ।  

समीक्षा अवधिमा बैंकले इम्पेयरमेन्ट चार्जेजको रुपमा १ अर्ब ९७ करोड छुट्याएको छ ।  

नाफा सामान्य घटेका कारण नवीलको वार्षिकीकृत प्रतिसेयर आम्दानी थोरै घटी  २३.६८ रुपैयाँ कायम भएको छ भने पीई रेसियो २०.८३ गुणा र प्रतिसेयर नेटवर्थ २०४.४४ रुपैयाँ रहेको छ ।  

 

CG Motors
Muktinath Bikas Bank Limited

ग्लोबल आईएमईको अवस्था कस्तो ?

 

बैंकिंग उद्योगको ठूलो बैंक ग्लोबल आइएमई बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ४ करोड खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको नाफा २६.५७ प्रतिशतले घटेको हो ।  

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोडले ऋणात्मक बन्न पुगेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २.९२ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर ४.६८ प्रतिशत पुगेका कारण इम्पेयरमेन्ट चार्जेज ह्वात्तै बढ्दा नाफा प्रभावित हुन पुगेको हो ।  

बैंकले इम्पेयरमेन्ट चार्जेजमा मात्रै ४ अर्ब १३ करोड बढी रकम छुट्याउनुपरेको छ ।  

नाफा घट्दा वार्षिकीकृत प्रतिसेयर आम्दानी ११.३१ रुपैयाँमा सीमित बन्न पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म इपीएस १८.०७ रुपैयाँ थियो ।  

ग्लोबल आईएमई बैंकले समीक्षा अवधिमा व्यवसाय विस्तारमा भने व्यापक काम गरेको देखिन्छ । यहीकारण बैंकको खूद ब्याज आम्दानी ९ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो ।  

समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकको मूल्य आम्दानी अनुपात १८.१३ गुणा, प्रतिसेयर नेटवर्थ १५७.४ रुपैयाँ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.