Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

यातायात मन्त्रीलाई नाडाले बुझायो २६ बुँदे माग

Global IME Bank Limited
यातायात मन्त्रीलाई नाडाले बुझायो २६ बुँदे माग
Nabil Bank Limited

काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको एक टोलीले उपप्रधान तथा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेट गरी २६ बुँदे मागहरु प्रस्तुत गरेको छ ।  

अध्यक्ष करण चौधरीको नेतृत्वमा चैत १ गते गएको एक प्रतिनिधि मण्डलले मन्त्री महासेठलाई भटेर सो मन्त्रालयसँग सम्बन्धित २६ बुँदे मागपत्र बुझाएको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नाडाले मन्त्रीलाई दिएको २६ बुँदे सुझाव यस्तो छः  

१.सडक मर्मत सम्भार दस्तुर  

२.सवारी साधन कर  

३.सवारी साधनहरु सडकमा गुडेपछि मात्र सवारी कर लाग्ने व्यवस्था  

४.अटोमोवाइल कम्पनीहरुको दर्ता प्रक्रिया  

५.इम्बोष्ड नम्बर सवारी साधनहरुमा अनिवार्य लागू गर्ने  

६.दुइपांग्रे सवारी साधनहरुलाई अत्यावश्यकिय सवारी साधनको रुपमा लिनु पर्ने  

७.सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनु पर्ने  

८.नामसारी  

९.करहरुको भुक्तानी अनलाइनमार्फत गरिनुपर्ने

१०.जरीवानाको दायरा  

११.सरुवा सहमती  

१२.सवारी साधन पैठारीकर्ताहरुको लागि छुट्टै डेस्कको स्थापना 

१३.सेवाग्राहीलाई सुविधा  

१४.रसिदमा एकरुपता हुनुपर्ने  

१५.मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनुपर्ने  

१६.लाईसेन्स वितरण सहज हुनुपर्ने  

१७.दुई पाँगे्र सवारी साधनहरुको बर्गिकरण  

१८.सहजीकरणको भूमिका निर्वाह  

१९.उच्चस्तरका सवारी साधनहरुका लागि हरियो स्टिकर दिने प्रक्रिया  

२०. पार्किङ्गस्थलको अभाव  

२१.विशेष आर्थिक क्षेत्र वा औद्योगिक ग्रामको निर्माण  

२२.चार्जिङ्ग स्टेशनको निर्माण र विद्युतीय सवारी साधनको व्यवस्था  

२३. सवारी चालकलाई तालिमको व्यवस्था  

२४. अटोमोवाइल वर्कशपहरुमा रोजगारीको व्यवस्था  

२५.अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण  

२६.सिमेण्ट मिक्सरको काम गर्ने सवारी साधनको आयातका सम्बन्धमा  

सो छलफलमा सहभागी हुनु भएका नाडाका सचिव विक्रम सिंहानियाले प्रिजेन्टशन मार्फत समेत ती विषयहरुमा जानकारी गराएका थिए ।  

नाडाको माग सुनेपछि उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले सवारी साधनहरुको सि.सि.को आधारमा इम्बोष्ड नम्बरप्लेट जारी गर्न सकिने बताउँदै प्रदेश तहका समस्याहरु छन् भने प्रदेश सरकारमा नै सुझावहरु राख्न सकिने सुझाएका थिए ।  

महासेठले मोटरसाइकलको बर्गिकरण सि.सि.को आधारमा गर्न सकिने भन्दै सवारी साधनहरुका लागि पार्किङ्गको सुविधा सम्बन्धित वडा कार्यालयहरुले गर्ने बताए ।  

उनले सेवाग्राहीलाई सुविधा दिनुपर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका उक्त सुझावहरुका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन दिएका थिए ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.