बुधबार, श्रावण ६,२०८३ 05:23:02
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 05:23:03
Bizshala
Global IME Bank Limited

प्रतिस्पर्धी बजारमा अस्तित्व कायम गर्न सहकारीले प्रविधिको प्रयोग बढाउनुपर्छः अध्यक्ष मल्ल

प्रतिस्पर्धी बजारमा अस्तित्व कायम गर्न सहकारीले प्रविधिको प्रयोग बढाउनुपर्छः अध्यक्ष मल्ल
New Office

काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले छिटो, छरितो, विश्वसनीय र प्रतिस्प्रर्धी सेवा दिन सहकारीहरु पनि प्रविधिमा जोडिन आवश्यक रहेको बताएकी छिन् । महासंघको आयोजनामा आजबाट सुरु भएको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै अध्यक्ष मल्ले सहकारीहरु पनि डिजिटलाइजेशनको बाटोमा जान आवश्यक रहेको बताइन् । 

सहकारी संस्थाले गरको लगानी समयमा असुली नहुँदा अहिलेको समस्या आएको उनको भनाई छ ।

सहकारी ऐन २०७४ मा कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधिकरण र कालो सूचीको व्यवस्था गरेको भए पनि समयमा कार्यन्वयनमा नआउँदा समस्या भएको उनले जनाइन् । सरकारले सहकारी क्षेत्रको लागि बजेट व्यवस्था गन कन्जुस्याई गरेको भन्दै उनले यसले गर्दा सहकारीको विकास र प्रवद्र्धनमा समस्या भएको बताइन् । आगामी बजेटमा सहकारीका लागि प्रयाप्त बजेटको व्यवस्था गर्न उनको माग छ ।

सहकारीलाई अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा लिएको भए पनि राज्यले त्यो व्यवहार नदेखाएको उनको गुनासो छ । सहकारीको खोल ओडेर सदस्यको बचतको दुरुपयोग गर्ने जो कोहीलाई पनि राज्यले छोड्न नहुने उनको भनाई छ । लाखौं सहकारीकर्मीले स्वंयसेवी रुपमा काम गर्दै आएको भए पनि कतिपय सहकारीका सञ्चालकका कारण समाजमा प्रतिष्ठा नै गुमाउनु परेको उनको गुनासो छ ।

केही व्यक्तिले गरेको गल्तीमा सिङ्गो अभियानलाई जोडेर नहेर्न उनको आग्रह छ ।  

सहकारीमा धेरै थरीका सफ्टवेयरको प्रयोग भइराखेकाले कस्ता सफ्टवेयर प्रयोग गर्ने भन्नेमा राज्यले एकीन गनुपर्नेमा उनको जोड छ । सहकारीमा गुणस्तरहीन सफ्टवेयर प्रयोग हुँदा डाटामा तोडमोड हुने र कतिपय अवस्थामा सदस्यको बचत नै अपचलन हुने हुँदा त्यसले सहकारीको विश्वसनियतामा नै समस्या उठ्ने अध्यक्ष मल्लले बताइन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.