Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सेबोन अध्यक्ष बन्न भिडेकी एक्ली महिला प्रवीण, भन्छिन्–‘आधुनिक र पारदर्शी पूँजीबजार मेरो प्राथमिकतामा’

Global IME Bank Limited
सेबोन अध्यक्ष बन्न भिडेकी एक्ली महिला प्रवीण, भन्छिन्–‘आधुनिक र पारदर्शी पूँजीबजार मेरो प्राथमिकतामा’
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेको छ । आवेदकमध्ये १८ पुरुष छन् भने एकजना महिला।  

बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्जमा लामो समय उपप्रबन्धक भएर काम गरेकी प्रवीण पन्धाक धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन एक मात्र महिला उम्मेद्वार हुन् ।  

पन्धाकले कानून र व्यवस्थापनमा संकायमा स्नातकोत्तर गरेकी छिन् । उनी खासगरी कर्पोरेट र क्रिमिनल ‘ल’ मा दख्खल राख्छिन् ।  

पछिल्लो समय नेप्सेको कार्यकारी प्रमुख छनौटका क्रममा २ पटकसम्म सर्टलिष्टमा परेकी पन्धाकले त्यसको पनि नियामक धितोपत्र बोर्डको अध्यक्षमा आबेदन दिएकी छिन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘नेप्सेमा २ पटकको प्रयासमा पनि सीईओ बन्न नसकेकी पन्धाकले बजारको मुख्य नियामक धितोपत्र बोर्डको अध्यक्षकै लागि आवेदन किन दिइन् ?’ भनी बिजशालाका वरिष्ठ संवाददाता अर्जुन तिमिल्सिनाले प्रश्न सोधे । जवाफमा पन्धाकले भनिन् :

-मेरो पूँजीबजारमा १६–१७ वर्ष लामो अनुभव छ । मैले पूँजीबजार र यहाँभित्रको समस्या जति नजिकबाट बुझेकी छु, त्यसलाई समाधान गर्ने ठाउँमा पुगेँ भने काम गर्न सजिलो हुन्छ । अहिलेको भन्दा उन्नत र केही फरक खालको पूँजीबजारको आधारशीला निर्माण गरेर मुलुकलाई एक पारदर्शी र विश्वासिलो बजार दिने मेरो संकल्प हो । यहीकारण पनि म धितोपत्र बोर्डमा जान चाहेको हुँ ।  

कुल १९ प्रतिस्पर्धी छन् । सरकारले तपाईलाई नै धितोपत्र बोर्डको अध्यक्ष किन बनाउनुपर्ने ?

-मेरो अनुभव, बजारप्रतिको लगाव र आत्मविश्वास त्यसका आधार र कारण हुन् । आउँदो सन्ततिका लागि पारदर्शी र विश्वासयोग्य पूँजीबजार दिन चाहेको हो भने सरकारले मलाई नै अध्यक्ष बनाउँछ भन्ने लाग्छ ।  

नेप्सेमै पनि काम गर्ने ठाउँमा हुनुहुन्छ । उल्लेख्य केही गर्नुभएको जस्तो देखिन्न । धितोपत्र बोर्डमा गएर चाहिँ फरक गर्नुहुन्छ भनेर कसरी पत्याउने ?

-नेप्से फ्रन्टलाइन रेगुलेटर मात्र हो । फेरि म यहाँको प्रमुख पदमा रहेको व्यक्ति होइन । मैले भनेजसरी र सोंचेजसरी सबै काम गर्न यहाँ सम्भव हुन्न । खासगरी पूँजीबजारको मुख्य नियामक धितोपत्र बोर्ड हो । यसको नेतृत्वमा गएर धेरै काम गर्न सकिन्छ । यहाँ सेयर बजार मात्र होइन, पूँजीबजारभित्रका अन्य बजारहरु पनि छन् । जस्तो कमोडिटी मार्केट लगायत लगायत । धितोपत्र बोर्डले बजारमा हुनसक्ने मनि लाउण्डरिङ्गको लगायतका विषयमा समेत अनुसन्धान गर्ने र एक्सनसम्म लिने अधिकार राख्छ । यसरी धितोपत्र बोर्डमा गएर धेरै काम गर्न सकिन्छ, जुन नेप्सेबाट सम्भव हुन्न ।  

मुख्य रुपमा मेरो बलियो पक्ष भनेकै २ दशक यही क्षेत्रमा रहेर लिएको अनुभव पनि हो । म पूर्ण रुपमा नेप्सेमा पनि सर्भिलिएन्स र कारोबार शाखामा बसेर काम गरेको मान्छे हुँ । पहिलेका अध्यक्षहरुले पनि पूँजीबजारलाई जिरोदेखि यहाँसम्म ल्याउनु भयो । उहाँहरुको योगदान अबश्य छ । यद्यपि म विश्वमा  चलेको आधुनिक पूँजीबजार कस्तो हुन्छ भन्ने कुरा देखाउन चाहन्छु । त्यसैको लागि मेरो आबेदन  हो ।  

अरुभन्दा भिन्न छु जस्तो लाग्छ मलाई । किनकी पूँजीबजारमा धेरै प्रश्न छन्, बग्रेल्ती समस्या छन् । यसको दायरा बिस्तार गर्नुछ । त्यसैले हाल पूँजीबजारका ६२ लाख लगानीकर्ताले अपेक्षा गरेजस्तो अनुशासित र पारदर्शी पूँजीबजार स्थापना गराइछाड्ने मेरो अटल विश्वास र प्रतिबद्धता पनि हो ।  

नजिकको छिमेकी भारतमा पनि त्यहाँको पूँजीबजारको मुख्य नियामक सेबीमा महिला नै अध्यक्ष हुनुहुन्छ । यहाँले जिम्मेवारी पाउनुभयो भने कुन–कुन कामले प्राथमिकता पाउँछ ?

मैले महिला भएको कारण आबेदन दिएको होइन । यदि लगानीकर्ताहरुले महिला अध्यक्ष देख्न चाहनुहुन्छ भने त म उहाँहरुको चाहनालाई नमन गर्छु ।  सरकारले मलाई महिला भएकै कारण अध्यक्ष बनाउनुपर्दैन । त्यो पद भनेको महिला वा पुरुषले चलाउनेभन्दा पनि सक्षम, इमान्दार र भ्रष्टाचारलाई ठाउँ नै नदिने र नगर्ने व्यक्तिले चलाउने ठाउँ हो । म त्यही गर्न चाहन्छु । मैले अघि पनि भनिसकेँ स्वच्छ र पारदर्शी पूँजीबजारको विकासका लागि नै मेरो उम्मेद्वारी हो । मलाई लाग्छ अहिले पूँजीबजार र बित्तीय क्षेत्रमा कडा नियमन आवश्यक छ । म अध्यक्ष भएँ भने त्यो हुन्छ ।  

अध्यक्षको रुपमा आउने व्यक्तिले नयाँ स्टक एक्सचेञ्जलाई पनि लाइसेन्स दिनुपर्ने विषय छ । यसमा चाहिँ तपाईको धारणा के हो ?

-यो विषय विगत १० बर्षदेखि उठिरहेको छ । विभिन्न अध्ययन तथा  अनुसान्धान पनि भएका छन् । यो विषयमा  सेबोनभित्र अहिले के भएको छ ? त्यस विषमा म अवगत छैन । तर, म सेबोनमै पुगेपछि मात्र मुलुक र लगानीकर्ताको सर्वोपरि हित हुने गरी यो विषयमा आवश्यक निर्णय गर्नेछु ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.