बुधबार, असार १८,२०८२ 10:08:24
  • बुधबार, असार १८,२०८२ 10:08:24
Global IME Bank Limited

लाभांशको अजेण्डा अनुमोदन गर्न डिप्रोक्स लघुवित्तले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?

Hyundai Nepal
लाभांशको अजेण्डा अनुमोदन गर्न  डिप्रोक्स लघुवित्तले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैकठले उक्त सभा आगामी चैत २५ गतेका लागि डाकेको हो । सो सभा चितवनमा रहेको पार्क सफारीमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १०.५२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा बोनस सेयरपछि कायम हुने जारी तथा चुक्तापूँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार ९८२ पुर्याउने प्रस्ताव पारित हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै संस्थाले अन्य उपयुक्त घ वर्गका लघुवित्तलाई गाभ्ने/प्राप्ति गर्ने कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

यस्तै सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले आगामी चैत १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.