Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

घट्यो निफ्राको नाफा, इम्पेयरमेन्ट चार्ज बढ्दा खूद नाफामा असर

Global IME Bank Limited
घट्यो निफ्राको नाफा, इम्पेयरमेन्ट चार्ज बढ्दा खूद नाफामा असर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ। 

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नाफा सामान्य घटेको छ ।कम्पनीले  समीक्षा अवधिसम्ममा ६८ करोड ९९ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो आवमा कम्पनीले ७६ करोड ६१ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो।यो अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ९.९४ प्रतिशतले कम हो।  

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेयरमेन्ट चार्ज बढेका कारण कम्पनीको खूद नाफा घटेको छ ।

 

उक्त अवधिसम्ममा कम्पनीको खूद ब्याज आम्दानी भने २.८३ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवको सोही अवधिसम्ममा  कम्पनीको खूद ब्याज आम्दानी १ अर्ब ३२ करोड रुपैयाँ थियो। कम्पनीले समीक्षा अवधिसम्ममा ९८ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ९ करोड रुपैयाँ थियो। जसअनुसार कम्पनीको सञ्चालन मुनाफा पनि ९.९६ प्रतिशतले घटेको छ।

 

कम्पनीले समीक्षा अवधिसम्ममा ३ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन र १९ अर्ब १७ करोड रुपैयाँ  कर्जा प्रवाह गरेको छ ।  कम्पनीले अघिल्लो आवमा ५७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

 

कम्पनीको रिजर्भको  रिजर्भको आकार २ अर्ब ९१ करोड रुपैयाँ छ। अघिल्लो आवमा भने रिजर्भमा १ अर्ब ६६ करोड रुपैयाँ थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.३९ रुपैयाँ छ। अघिल्लो आवमा कम्पनीको ईपीएस ७.०९ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ ११३.४९ रुपैयाँ छ।पीई रेसियो ३५.०६ गुणा छ ।

कम्पनीको वितरणयोग्य मुनाफा ३५ करोड ४९ लाख रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी भने २१ अर्ब ६० करोड रुपैयाँ छ ।


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.