Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

प्रचण्डको सहमतिपछि गृहमन्त्री लामिछाने मैदानमा, सुन तस्करीमा संलग्नविरुद्ध एकपछि अर्को एक्सन

Global IME Bank Limited
प्रचण्डको सहमतिपछि गृहमन्त्री लामिछाने मैदानमा, सुन तस्करीमा संलग्नविरुद्ध एकपछि अर्को एक्सन
Nabil Bank Limited

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न समयमा विभिन्न मुलुकबाट नेपालमा हुने सुन तस्करी प्रकरणमा कडा एक्सन थालेका छन् ।  

सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले विभिन्न उच्चपदस्थहरुको सुन तस्करीमा संलग्नता किटान गरी कारबाहीको सिफारिस गरेपछि प्रधानमन्त्रीको समेत सहमति लिएर गृहमन्त्री लामिछानेले एक्सन लिएका हुन् ।  

बिहीबार उच्चस्तरीय जाँचबुझ आयोगको करिब ५०० पृष्ठ लामो प्रतिवेदन बुझेका गृहमन्त्री लामिछानेले एक्सन लिनुअघि शुक्रबार बिहान प्रधानमन्त्रीलाई भेटेका थिए । प्रधानमन्त्रीबाट समेत ग्रिन सिग्नल पाएपछि उनले आरोपितहरुविरुद्ध धमाधम एक्सन लिएका हुन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो क्रममा प्रधानमन्त्रीको इच्छा र गृहमन्त्रीको प्रस्तावमा शुक्रबार नै बसेको मन्त्रिपरिषद बैठकले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयनमा लैजाने निर्णय भएको हो । यो निर्णयले गृहमन्त्री रवि लामिछानेलाई अगाडि बढ्न सहज हुने देखिएको छ ।  

मन्त्रीपरिषदको निर्णयलगत्तै गृहमन्त्रालयको आदेशमा प्रहरीको विशेष टोलीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुनलाई पक्राउ गरेको छ  उनलाई राजधानीको टोखा एरियाबाट पक्राउ गरेको हो ।  

उनी विभिन्न समयमा भएका ठूला परिमाणको सुन तस्करी प्रकरणमा संलग्न रहँदै आएका थिए ।  

यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा शुक्रबार नै मुद्दा दायर गरेको छ ।  गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । बिहीबार सरकारी वकिल कार्यालयले गुरुङविरुद्ध मुद्दा दर्ता गर्ने अनुमति दिएसँगै शुक्रबार मुद्दा दर्ता भएको हो ।  

सुन तस्करीमा संलग्न देखिएकाहरुलाई धमाधम पक्राउ गरिरहेको सरकारले यस्तै प्रकरणमा कमजोर अनुसन्धान गरेको, प्रमाण नष्ट गरेको र मुख्य आरोपीहरुलाई नियोजित रुपमा भगाएको आरोपमा उच्चपदस्थ प्रहरी कर्मचारीहरुलाई समेत जिम्मेवारी खोस्ने निर्णय गरेको छ ।  

यो क्रममा सुन तस्करी प्रकरणमा अनुसन्धानको जिम्मा पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व परिवर्तनको निर्णय समेत शुक्रबार नै गरिएको छ । सीआइबी प्रमुख एआईजी किरण बज्राचार्यमाथि सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएसँगै मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनको ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।

कारबाहीको सिफारिसमा परेकी बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यालय कार्यविभागमा सरुवा गरिएको छ ।  

यस्तै, सुन तस्करी प्रकरणमा शंकास्पद भूमिकामा देखिएका सीआइबीकै दुई जना डीएसपीलाई शुक्रबार नै जिम्मेवारीबाट हटाइएको छ ।  

सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको हो ।

यस्तै, यही प्रकरणमा कारबाहीको सिफारिसमा परेका नुवाकोटका एसपी सञ्जयसिंह थापालाई पनि शुक्रबार नै फिर्ता बोलाइएको छ । थापालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय भएको हो । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान एसपी थापा नेतृत्वको टोलीले गरेको थियो । अनुसन्धानको क्रममा एसपी थापाले गम्भीर त्रुटिहरु गरेका भन्दै उनलाई विभागीय कारबाहीको सिफारिस भएको थियो ।  

कहिले पक्राउ पर्छन् महरा ?

यसीबीच, पूर्व उपराष्टपतिका सल्लाहकारविरुद्ध मुद्दा दायरदेखि छोरालाई पक्राउसम्म गर्न भ्याएको सरकारले पूर्व उपसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कहिले पक्राउ गर्छ ? भन्ने विषयमा आम चासो देखिएको छ ।  

सोही दलका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले आफ्ना पार्टीका उपाध्यक्ष महरालाई जोगाउने कतिपयले अड्कल लगाइरहेका छन् ।  

तर, गृहमन्त्रालय स्रोतले भने प्रम प्रचण्डले सुन तस्करीमा संलग्न कसैलाई पनि नछाड्न प्रष्ट निर्देशन दिएकोले चाँडै महरा समेत पक्राउ पर्नेछन् ।  

प्रहरी कर्मचारीहरुमाथि एकपछि अर्को एक्सन लिएका गृहमन्त्री रवि लामिछानेलाई महरा र यस्तै उच्च राजनीतिक व्यक्तित्वलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने विषयमा चुनौतिको पहाड बन्नसक्ने देखिन्छ । लामिछानेको असली परीक्षा पनि यसमै हुने दाबी हुन थालेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.