Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Global IME Bank Limited
स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको साँँखु शाखा कार्यालयले आयोजना गरेको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दुई दिनसम्म सञ्चालन भएको सो कार्यक्रम विशेषतःग्राहक सदस्यहरुका लागि वित्तीय सचेतना तथा उनीहरुसँग समसामयिक विषयक अन्तरकृयामा केन्द्रीत रहेको संस्थाले जनाएको छ । कार्यक्रमका वक्ताहरुले लघुवित्तले ग्रामीण स्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहकवर्गमा ठूलो योगदान गरेको विषयलाई नजरअन्दाज गर्न नमिल्ने र यसले समाजमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पारी ग्रामीण तथा शहरी क्षेत्रका वासिन्दा लाभान्वित भएको बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले ग्राहकलाई सानो–सानो आकारको वचत तथा कर्जा कारोबारमा सहयोग गर्दै आएको संस्थाले उद्यमशील ग्राहकलाई कर्जा प्रवाह गरी तालिम समेत दिंदै आएको विषय प्रशंसायोग्य रहेको बताएकी थिइन् । 

बिशिष्ट अतिथि वित्तीय संस्थाका सञ्चालक उमा जोशी बोहराले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताइन् । प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक फुलमाया घिसिङले उद्देश्य अनुसारको कर्जा लिई सहि ठाँउमा लगानी गरी प्रतिफल प्राप्त हुने गरी कार्य गर्न र संस्थाको नाम अनुसार स्वावलम्बी हुन आग्रह गरिन् ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.