Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अब पोखरा २४ सै घण्टा खुला रहने,रात्रिकालिन पर्यटन व्यवसाय फस्टाउने विश्वास

Global IME Bank Limited
अब पोखरा २४ सै घण्टा खुला रहने,रात्रिकालिन पर्यटन व्यवसाय फस्टाउने विश्वास
Nabil Bank Limited

पोखरा । पोखरा अब चौबिसै घण्टा खुला रहने भएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्दै गण्डकी प्रदेशकामुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा अब २४ सै घण्टा पर्यटकीय गतिविधि खुला रहने बताएका हुन् ।  

उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले निश्चित मापदण्ड बनाएर पोखराका पर्यटकीय क्षेत्रहरु लेक साइड, पृथ्वीचोक, महेन्द्र पुल, चिप्लेढुंगा लगायत क्षेत्रका रेस्टुरेन्ट, बार, स्पा, किराना र खाजा पसलहरू १ बजेसम्म चल्न दिइने बताए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर कास्कीको जिल्ला प्रशासन कार्यालयले भने सुरक्षाको चाजोपाजो मिलाएपछि मात्रै पोखरालाई २४ सै घण्टा खुला राखिने बताएको छ । खाज पसल रेष्टुरेष्ट र चिया,कफि जस्ता पसलहरु राती १ बजेसम्म खुला गर्न दिइने र दोहोरी, डिस्को, पव लगायत व्यवसाय भने २४ सै घण्टा खुला राख्न अनुमति दिने तयारी भईरहेको प्रशासनले जनाएको छ ।  

यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको सुरक्षा समितिको बैठकले पोखरालाई सधैँ खुला राख्ने निर्णय गरेको थियो ।  

यो निर्णयले पोखराको रात्रीकालिन पर्यटन व्यवसाय फस्टाउने र थप पर्यटक आकर्षित हुने व्यवसायहीहरुले बताएका छन् । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.