काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न कम्पनीको प्रथम वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।
सभा सुर्खेतमा रहेको शुभ होटल प्रालिमा बिहान ११ बजे आयोजना हुनेछ ।
उक्त सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आईपीओ जारी पश्चात प्राप्त पूँजीको उपयोगको सम्बन्धमा प्रस्ताव पारित गरिनेछ ।
यस्तै,अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिुका सार्थ सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र विज्ञ सञ्चालको नियुक्तीको प्रस्ताव समेत पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।