Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

चुनावअघि मोदीको उपहारः पेट्रोल–डिजेलको मूल्यमा भारु.१५ कटौती

Global IME Bank Limited
चुनावअघि मोदीको उपहारः पेट्रोल–डिजेलको मूल्यमा भारु.१५ कटौती
Nabil Bank Limited

काठमाण्डौ । भारतमा पेट्रोल–डिजेलको मूल्यमा व्यापक कटौती गरिएको छ । भारतको केन्द्र सरकारले लक्षद्वीप,एन्ड्रेड र कल्पेली द्वीपका लागि प्रतिलिटर १५ भारु,कावारत्ति र मिनिकायका लागि पेट्रोल–डिजेलको मूल्य प्रतिलिटर ५.२ भारु घटाएको हो ।  

पेट्रोल र डिजेलको मस्ल्यमा भारी कटौती पछि अब लक्षद्वीप देखि अन्य सबै द्वीपमा पेट्रोलको मूल्य प्रतिलिटर १००.७५ भारु र डिजेलको मूल्य ९५.७१ भारु कायम भएको छ । भारत सरकारले केहि दिनअघि पेट्रोल–डिजेलको मूल्यमा देशभर २ भारु कटौती गरेको थियो । यो निर्णय निर्वाचन आयोगको लोकसभा निर्वाचनको मिति घोषणाको ठिक अघि गरिएको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सानो र अव्यवहारिक परिमाणका कारण लक्षद्वीप डिपोमा पूँजीगत खर्च उठाउनका लागि पेट्रोल–डिजेलको मूल्यमा प्रतिलिटर ६.९० भारु समावेश गरिएको र यो विगत ३ वर्षदेखि समावेश रहेको भारतको पेट्रोलियम एण्ड नेचुरल ग्यास मन्त्रालयले जनाएको छ । तर अहिले खर्च असुली भएका कारण यसलाई हटाइएको मन्त्रालयले जनाएको छ जसका कारण यी द्वीपहरुमा पेट्रोल र डिजेलको आरएसपी लगभग प्रतिलिटर ६.९० भारुले कम हुने जनाइएको छ ।  

भारतको नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९४.७२ भारु ,मुम्बईमा १०४.२१ र कोलकत्तामा १०३.९४ भारु रहेको छ ।    


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.