बुधबार, कार्तिक ७,२०८१ 08:01:32
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:32
IME remit
Global IME Bank Limited

फाइल घुम्ने रोग अर्थमन्त्रालयमा यथावत, सेबोन अध्यक्षमा परेको आवेदनको सूची निर्णय भएको ६ दिनमा मात्र प्रकाशित

Hyundai Nepal
फाइल घुम्ने रोग अर्थमन्त्रालयमा यथावत, सेबोन अध्यक्षमा परेको आवेदनको सूची निर्णय भएको ६ दिनमा मात्र प्रकाशित
Nabil Bank Limited

काठमाण्डौ । सरकार र मातहतका निकायहरु डिजीटल नेपालका गुलिया नारा लगाउन कहिल्यै पछि पर्दैनन् । तर, बोलीमा डिजीटल नेपालको रटान लगाउने सरकारी निकायहरुको पारा भने परम्परागत नै देखिन्छ । यस्तै समस्या र कार्यशैली अर्थमन्त्रालयका कर्मचारीहरुमा देखिन्छ । पछिल्लो उदाहरण धितोपत्र बोर्डको अध्यक्षमा परेको आवेदनको विषयमा सार्वजनिक रुपमा जानकारी गराउने ढुंगे युगजस्तो शैलीलाई लिन सकिन्छ ।  

धितोपत्र बोर्डको अध्यक्षका लागि सिफारिस समितिले फागुन १६ गते एक सूचना प्रकाशन गर्दै इच्छुक र योग्यबाट आवेदन आह्वान गरेको थियो । फागुन ३० गतेसम्ममा आवेदन दिनुपर्ने समय तोकिएको थियो । सो अवधिसम्म कुल १९ जनाले धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका थिए ।  

Bizshala
Shivam Cement
CG Motors

यसको अर्थ धितोपत्र बोर्डको अध्यक्षका लागि फागुन ३० गते कार्यालय समयमै आवेदन प्राप्त भइसकेको थियो । त्यसरी प्राप्त १९ जनाको आवेदनको विषयमा सार्वजनिक सञ्चारमाध्यमहरुमा छ्यासछ्यास्ती समाचारहरु नै आइसकेका थिए ।  

तर, त्यसरी समाचार आएको र आवेदन परेको ५ दिनपछि अर्थमन्त्रालयले बल्ल सोमबार दिउँसो सोसम्बन्धी जानकारी आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ ।  

आज(चैत ५ गते) बिहान ७ बजे मात्रै अर्थमन्त्रालयको वेबसाइटमा धितोपत्र बोर्डमा आवेदन दिएका १९ जनाको विवरण प्रकाशित भएको हो ।  

अर्थमन्त्रालयको पत्र हेर्दा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले प्रशासन महाशाखालाई फागुन ३० गतेको बैठकबाट बोर्डमा अध्यक्षका लागि आवेदन दिनेहरुको नामावली वेबसाइटमा प्रकाशन गर्ने निर्णय भएको र सोहीअनुसार प्रकाशन गर्न भन्दै चैत १ गते पत्र काटेको देखिन्छ ।  

प्रशासन महाशाखाका तालुकदार अधिकारीले त्यो पत्रलाई एकदिनभर होल्ड गरेर चैत २ गते बल्ल आफू मातहतको सूचना प्रविधि शाखालाई प्रकाशन गर्ने भनेर निर्देशन दिएका देखिन्छ ।

चैत २ गते नै प्राप्त निर्देशनलाई सूचना प्रविधि शाखाले भने ३ दिन ढिलो गरी चैत ५ गते बिहान मात्र वेबसाइटमा प्रकाशन गरेको छ । 

 

अर्थमन्त्रालयको यो तालले नेपालमा सरकारी निकायहरु सूचना प्रवाहमा कतिसम्म ढिलाई गर्छन् र उनीहरुको डिजीटलमैत्रीको स्तर समेत देखाउने जानकार बताउँछन् ।  

सेयर बजारसँग चासो राख्ने एक लगानीकर्ता भन्छन्-'दि सार्वजनिक सञ्चारमाध्यम हुन्थेनन् भने धितोपत्र बोर्डको अध्यक्षका लागि कस–कसले आवेदन दिए भन्ने जानकारी थाहा पाउन ६ दिनसम्म कुनुपर्ने हुने रहेछ । यो त लाजमर्दो भयो । यति सानो सूचना प्रकाशन गर्नलाई समेत परम्परागत शैलीमा फाइल घुम्ने अवस्था देखिनु लज्जाको विषय हो ।' 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.