Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

पूँजी बढाउने दौडधुपमा बीमा कम्पनीहरु, ८ वटाले रोजे हकप्रदको बाटो

Global IME Bank Limited
पूँजी बढाउने दौडधुपमा बीमा कम्पनीहरु, ८ वटाले रोजे हकप्रदको बाटो
Nabil Bank Limited

काठमाण्डौ । ८ वटा अलग–अलग बीमा कम्पनीहरुले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएका छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापूँजी वृद्धि गर्न निर्देशन दिएपछि ती कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएका हुन् ।  

मर्जर, बोनस र साधारण सेयर निष्कासन गरेर पनि चुक्तापुँजी नपुगेका बीमा कम्पनीहरु हकप्रद सेयर जारी गरी चुक्तापूँजी पुर्याउने दौडधुपमा छन् । जसमा ४ वटा जीवन बीमा, तीन निर्जीवन बीमा कम्पनी र एक पुनर्बीमा कम्पनीले चुक्तापूँजी वृद्धिकै लागि हकप्रदको बाटो रोजेका छन् ।  

प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ, निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ र पुनर्बीमा कम्पनीलाई २० अर्ब चुक्तापूँजी पुर्याउन निर्देशन दिएको छ ।  

जीवन र निर्जीवनको हकमा प्राधिकरणले गत आवको असार मसान्तसम्मको समयसीमा दिएपनि उक्त अवधिभित्र जीवन बीमातर्फ नेपाल, नेशनल र हिमालयन लाइफले मात्रै तोकेको पुँजी पुर्याएको थियो । साथै निर्जीवन तर्फ सिद्धार्थ प्रिमियर, सलिको, आइजीआई प्रुडेन्सियल र शिखरले मात्रै साढे २ अर्ब पुँजी जुटाएका थिए ।  

सो अवधिसम्म न्यूनतम पुँजी नपुर्याएपनि पूँजी जुटाउन प्रयास गर्ने कम्पनीप्रति प्राधिकरण लचक बनेको थियो । प्राधिकरणले पूँजी पुर्याउन प्रयासरत कम्पनीलाई हकप्रद निष्कासन गर्न बाटो समेत खुलाइदिएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै यता पुनर्बीमा कम्पनीतर्फ पनि प्राधिकरणले गत माघ महिनामा दुई स्वदेशी पुनर्बीमा कम्पनीलाई २० अर्ब चुक्तापूँजी पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणका अनुसार हिमालयन रि र नेपाल रि इन्स्योरेन्सले १ वर्षभित्र २० अर्ब रुपैयाँ पूँजी पुर्याउनुपर्नेछ ।  

प्राधिकरणले बीमा कम्पनीको पूँजी बढाउन हकप्रदको बाटो खुलाएपनि अधिकांश कम्पनी हकप्रद सेयर जारी गर्न उत्सुक देखिएका छैनन् । सञ्चालनमा रहेका २८ बीमा कम्पनी र दुई पुनर्बीमा कम्पनीमध्ये केही कम्पनीले मात्रै हकप्रद सेयर निष्कासनको प्रक्रिया सुरु गरेका छन् ।  

हालसम्म ८ वटाले मात्रै हकप्रद निष्कासको प्रक्रिया अघि बढाएका छन् । ३० कम्पनीमध्ये ३ वैदेशिक लगानी रहेका कम्पनी र ७ वटा पूँजी पुगिसकेका कम्पनीले तत्कालै थप पूँजी जुटाउनुपर्ने आवश्यक देखिँदैन । बाँकी १२ वटा कम्पनीले हालसम्म हकप्रदको प्रक्रिया अघि बढाएका छैनन् । उक्त कम्पनीहरुले अन्य माध्यमबाट पुँजी जुटाउन लागि परेका छन् ।  

जीवन बीमातर्फ  

हालसम्म ४ वटा जीवन बीमा कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्ले पूँजी बढाउन हकप्रदको बाटो रोजेका छन् ।  

जसमध्ये एलआइसी नेपाल र प्रभु महालक्ष्मी लाइफले नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा आवेदन समेत दिइसकेका छन् । एलआइसी नेपालले कायम चुक्तापूँजीको ८८ प्रतिशत अर्थात् १ः०.८८ अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । हकप्रदपछि कम्पनीको पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि चुक्तापूँजी बृद्धि गर्न हकप्रद निष्कासनको प्रक्रिया अघि बढाइसकेको छ । कम्पनीले कायम चुक्तापूँजीको १७ प्रतिशत हकप्रद जारी बोर्डमा निवेदन दिइसकेको छ । हकप्रद जारीपश्चात् कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको हालको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ ।  

यता एशियन लाइफले पनि पुँजी बढाउन हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आव २०७९÷८० को संचित नाफाबाट ७।७५ प्रतिशत बोनस सेयर बाँडेर ४२ प्रतिशत अर्थात् १ः०.४२ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । बोनस सेयर र हकप्रदपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ ।  

साथै प्रिमियम मूल्यमा आईपीओ जारी गरेको सन नेपाल लाइफले पनि प्राधिकरणले तोकेको न्यूनतम पूँजी पुर्याउन हकप्रदको बाटो राजेको छ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई २३।८० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । बोनसपछि कायम हुने चुक्तापूँजी ३ अर्ब ९६ करोढ १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ः०.२७ अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।  

कम्पनीले उक्त प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । हकप्रदपछि कम्पनीको पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । एशियन लाइफ र सन नेपाल लाइफले धितोपत्र बोर्डमा निवेदन पेश गर्न बाँकी छ ।  

निर्जीवन बीमातर्फ  

हालसम्म ३ वटा निर्जीवन बीमा कम्पनीले मात्रै हकप्रदमार्फत पुँजी बढाउने तयारी गरेको छ । एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सानिमा जिआइसी इन्स्योरेन्सले साढे २ अर्ब चुक्तापुँजी पुर्याउन हकप्रदको बाटो रोजेका छन् । जसमध्ये एनएलजी इन्स्योरेन्सले धितोपत्र बोर्डमा आवेदन समेत दिइसकेको छ ।  

कम्पनीले १०ः६.६ अनुपातमा ९६ करोड ३१ लाख २२ हजार रुपैयाँको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी २ अर्ब ४२ करोड २३ रुपैयाँ पुग्नेछ । कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ छ । कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पु¥याउन अझै ७ करोड ८८ लाख रुपैयाँ अपुग हुन्छ ।  

त्यस्तै, नेको इन्स्योरेन्सले पनि पुँजी बढाउन विशेष साधारण सभामार्फत हकप्रद निष्कासनको प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात ५० करोड ३० लाख रुपैयाँ बराबरको ५० लाख कित्ता हकप्रद निष्कासन गर्ने प्रस्ताव बोर्डमा पेश गर्ने तयारी गरेको छ । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको हाल कायम चुक्तापुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ ।  

साथै साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स एकआपसमा मर्ज भई बनेको सानिमा जिआइसी इन्स्योरेन्सको पनि प्राधिकरणले तोेकेको पुँजी पुगेको छ । कम्पनीले पुँजी बढाउन हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले चैत २९ गते हुने वार्षिक साधारण सभामा कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको २५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।  

अर्थात् १ः०.२५ अनुपातमा कम्पनीले ५० करोड रुपैयाँको हकप्रद निष्कासन गर्नेछ । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी साढे २ अर्ब पुग्नेछ ।  

पुनर्बीमा कम्पनीतर्फ  

नेपालमा हाल २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले २० अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको छ ।  

प्राधिकरणले एक वर्षभित्र अर्थात् २०८१ माघ महिनासम्म नेपाल र हिमालयन रि लाई २० अर्ब पुँजी पुर्याउन भनेको छ । पुँजी बृद्धिको योजना दुई स्वदेशी पुनर्बीमा कम्पनीलाई पेश गर्न निर्देशन दिएपश्चात् हिमालयन रि इन्स्योरेन्सले भने बोनस सेयर बाँडेर हकप्रद निष्कासन गर्ने योजना पेश गरेको छ । नेपाल रि इन्स्योरेन्सले हालसम्म प्राधिकरणमा कुनै योजना पेश नगरेको प्राधिकरणले जनाएको छ ।  

यता हिमालयन रि इन्स्योरेन्सले भने गत आवको मुनाफाबाट ४ प्रतिशत दरको ४० करोड रुपैयाँ बराबरको बोनस वितरणपछि हकप्रद जारी गर्ने योजना बनाएको छ । बोनसपश्चात् कायम हुन आउने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँबाट कम्पनीले १ः०.८० अनुपात अर्थात ८० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ ।  

कम्पनीले फागुन २० गते सम्पन्न वार्षिक साधारण सभामार्फत हकप्रद निष्कासनको प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले सेबोनमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुमति पेश गर्नेछ । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी १८ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ ।


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.