सोमबार, श्रावण १८,२०८३ 02:07:01
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:07:01
Bizshala
Global IME Bank Limited

युरोपको ‘साउदी अरब’ बन्नेछ यो देश, फेला पर्यो तेलको ठूलो भण्डार

युरोपको ‘साउदी अरब’ बन्नेछ यो देश, फेला पर्यो तेलको ठूलो भण्डार
New Office

काठमाण्डौ । नेटो सदस्य राष्ट्रले तेलको ठूलो भण्डार फेला पारेको छ । यस भण्डारबाट दैनिक एक हजार ब्यारेल तेल उत्पादन गर्न सकिने जनाइएको छ। यसलाई युरोपका लागि ठूलो खोज मानिएको छ ।

अहिलेसम्म युरोपेली देशहरू तेल र ग्यासका लागि बाँकी महादेशमा निर्भर छन्। यसअघि अधिकांश युरोपेली देशले रुसबाट ठूलो परिमाणमा ग्यास र तेल आयात गर्ने गर्दथे, तर युक्रेन युद्धपछि यो मात्रा घटेको छ ।

हंगेरीको तेल तथा ग्यास कम्पनी एमओएलले एक विज्ञप्ति जारी गर्दै देशको उत्तरी क्षेत्र गाल्गाहेभिज सहर नजिकै २४०० मिटरको गहिराइमा तेलको भण्डारण फेला पारेको बताएको हो । ‘यस नयाँ रिजर्भले हंगेरीको आपूर्ति सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ, किनकि घरेलु उत्पादनले आयातमा निर्भरता घटाउँछ,’एमओएलले भनेको छ ।  

हंगेरीका विदेशमन्त्री पिटर सिज्जार्टोले यसअघि हंगेरीलाई रुसी तेल पुर्याउने ड्रुज्बा पाइपलाइनमा युक्रेनले गरेको आक्रमण आफ्नो देशमाथि आक्रमण भएको बताएका थिए। स्जिजार्तोले भनेका थिए, ‘जेलेन्स्कीले स्पष्ट गरे कि यदि हंगेरीले युक्रेन समर्थक अडान अपनाएन भने, युक्रेनले ड्रुज्बा पाइपलाइनमा हमला गरिरहनेछ, जुन हंगेरीको ऊर्जा सुरक्षाको लागि धेरै महत्त्वपूर्ण छ।’

हंगेरीले नेटोको सदस्य भए पनि रुसबाट तेल खरिद गर्न जारी राखेको छ । विदेशमन्त्री पिटर सिज्जार्टोले विकल्प नभएका कारण हंगेरीले खुला रूपमा रुसी तेल किनेको बताए ।  

उनले अन्य युरोपेली देशहरूले पनि बिचौलियामार्फत सस्तो मूल्यमा रुसी तेल गोप्य रूपमा आयात गरिरहेको दाबी गरे। हंगेरी बाहेक स्लोभाकियाले पनि रुसबाट तेल र ग्यास खरिद गरिरहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.