शुक्रबार, श्रावण २९,२०८३ 08:57:34
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:57:34
Bizshala
Global IME Bank Limited

आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट काट्ने ह्वात्तै बढे

Prabhu Bank Limited
आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट काट्ने ह्वात्तै बढे
New Office

काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले  सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक  हवाई टिकट काट्नेको कुल संख्या हजारौं  पुगेको छ ।  

सहज फिचरसँगै प्रयोगकर्ताहरूले कल तथा इमेलमार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पेले उपलब्ध गराएको यो सेवामा ग्राहकको औधी आकर्षण देखिएको हो ।  

आइएमई पे एप मार्फत प्रयोगकर्ताहरूले  आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट  काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

CG Motors

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचर प्रवर्द्धन भएको १ वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले  सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए ।  

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।  

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X