Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सलिको इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Global IME Bank Limited
सलिको इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले २७ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैकठले उक्त सभा आगामी चैत २७ गते काडमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धरलाई गरिएको नियुक्ती अनुमोदन गरिनेछ ।  

यस्तै वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्सबाट स्वत मनोनित हुने १ जना सञ्चालकको जानकारी गराई बाँकी ३ जना सञ्चालक तथा सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचने गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी चैत १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.