Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

काठमाण्डौमा पहिलोपटक ट्रक ल्याउने सरदार प्रितम सिंह सम्मानित, गण्डकी विश्वविद्यालयसँग सम्झौता

Global IME Bank Limited
काठमाण्डौमा पहिलोपटक ट्रक ल्याउने सरदार प्रितम सिंह सम्मानित, गण्डकी विश्वविद्यालयसँग सम्झौता
Nabil Bank Limited

 

काठमाण्डौ।  ढुवानी व्यवसायी महासंघ– नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा नेपालमा ढुवानी व्यवसायको जग बसाउने सरदार प्रितम सिंहलाई ‘ट्रान्सपोर्ट किङ्ग’को रुपमा सम्मान गरिएको छ ।

गत आइतबार माधवप्रसाद नेपालको नेतृत्वमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै काठमाण्डौमा सम्पन्न व्यवसायी महासंघ– नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा सिंहलाई सम्मान गरिएको हो ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै मुलुकको सडक पूर्वाधार शरूवाती विकासका सँगै २०१४ सालमा त्रिभूवन राजपथ हुँदै काठमाण्डौसम्म मालवाहक सवारी साधनको रूपमा पहिलो मालवाहक ट्रक प्रवेश गराउने कार्य सरदार सिंहले गरेका थिए । त्यसको लगत्तै उनले थप आवश्यकताको महसुस गरी २०१५ सालमा थप ३ वटा ट्रक नेपाल ल्याएका थिए । ढुवानीको महत्व प्रष्टीसकेको अवस्थामा २०१५ सालमा नेपालमा खाद्यान्न संकट हुँदा नेपाली नागरिकको जनजीवनलाई सहजीकरण गर्ने प्रमुख उद्देश्यले नेपाल पब्लिक मोटर्स सर्भिस ( एनपीएमएस) विधिवत् रूपमा दर्ता कायम गरी नेपालमा एकै पटक १५० वटा ट्रकहरू सरकारी पहलमा नेपाल ल्याउँदा सरदार सिंहले प्रमुख भुमिका खेलेका थिए ।

इतिहासको यही अध्यायले ढुवानीले व्यवसायको रुप लिदा अहिले राष्ट्र निर्माणमा नै गर्वलाग्दो भूमिका खेल्न सफल भएको भन्दै सरदार सिंहको योगदानको कदर गरिएको ढुवानी व्यवसायी महासंघले जनाएको छ ।

सो अवसरमा सरदार प्रितम सिंहलाई सम्मान गर्न पाउँदा सिङ्गो महासंघ परिवारले गौरवको अनुभूति गरेको महासंघका नव निर्वाचित उपाध्यक्ष अरुण श्रेष्ठले बताए ।

साथै महाधिवेशन तथा वार्षिक साधारणसभाकै अवसरमा नेपालमा सुरक्षित ढुवानीको उपाय खोज्दै ढुवानी क्षेत्रका समस्या, सम्भावना र चुनौतीहरुको सुक्ष्म अध्ययन गर्ने उदेश्यका साथ गण्डकी विश्वविद्यालय र ढुवानी व्यवसायी महासंघ बीच सम्झौता समेत भएको छ । सम्झौता पत्रमा महासंघको तर्फबाट निवर्तमान अध्यक्ष विश्वनाथ खनाल र विश्व विद्यालयको तर्फबाट रजिष्टार डाक्टर कैलाश तिमिल्सिनाले हस्तान्तरण गरेका थिए ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.