बुधबार, कार्तिक ७,२०८१ 08:01:32
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:32
IME remit
Global IME Bank Limited

अफरोड ट्रयाकमा एमजी ४ इभिको ‘स्ट्रेन्थ टेस्ट’

Hyundai Nepal
अफरोड ट्रयाकमा एमजी ४ इभिको ‘स्ट्रेन्थ टेस्ट’
Nabil Bank Limited

काठमाण्डौ । एमजीको नेपालका लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजीफोर ईभीको स्ट्रेन्थ टेस्ट सम्पन्न गरेको छ । ‘एमजी ४ स्ट्रेन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी’नामको उक्त इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ईभी स्ट्रेन्थ टेस्ट भएको कम्पनीले दाबी गरेको छ ।  

उक्त इभेन्ट गत चैत १ गते बिहिबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा आयोजना गरी कम्पनीले विभिन्न सेलिब्रेटी, मिडियाकर्मी, ग्राहकवर्ग तथा सामाजिक सञ्जालका प्रभावकर्ताहरुलाई सहभागी गराएको हो ।  

Bizshala
Shivam Cement
CG Motors

धुलिखेलमा रहेको डर्ट टेम्पलमा एमजी ४ इभिको‘इन्डुरेन्स’ टेस्ट गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरुले हिलो बाटो, सार्प टर्निङ, हील असिस्ट र ओरालोको पर्फमेन्स जस्ता विषयमा एमजी ४ इभिको परीक्षण गरेका थिए । ट्रयाकमा गाडी कुदाउने क्रममा सहभागीहरुले सो गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभव लिएका थिए ।  

एमजीको डेडिकेटेड ईभीप्लेटफर्ममा बनेको पहिलो ईभी एम.जीफोर, अविश्वसनीय डर्ट ट्रयाकमा ड्राइभ गराइएको थियो । उक्त ट्रयाकमा पटहोल, ठाडो उकालो, सार्प टर्निङ, मडी, बम्पी बाटोमा कारको स्ट्रेन्थ टेस्ट गरिएको थियो ।

यसो हेर्दा कम ग्राउण्ड क्लियरेन्स भएको देखिएपनि इन्डिपेन्डेन्ट र स्टिफ सस्पेन्सनका कारण ४ जना बसेर गाडी चलाउँदा पनि ग्राउन्ड क्लियरेन्सका कारणले समस्या सिर्जना नभएको पाइएको कम्पनीले जनाएको छ । एमजी ४ इभिमा रहेको हील असिस्ट, हील डिसेन्ट कन्ट्रोल तथा रियर ह्वील ड्राइभका कारण कठिन बाटोमा पनि राम्रो पर्फमेन्स दिएको अनुभब सहभागीहरूले बताएको कम्पनीले उल्लेख गरेको छ ।  

इभेन्टका बारेमा बोल्दै पारामाउन्ट मोटर्सका प्रतिनिधिले भने, ‘नेपालमा रहेको बिभिन्न ई.भी गाडिहरू मध्ये एम.जीले पहिलो पटक यस्तो परीक्षण गरेको हो । गाडीको “ग्राउन्ड क्लियरेन्स”को सम्बन्धमा रहेको शंका टेस्ट ड्राइभ पश्चात मेटिइएको पाइयो ।’

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.