Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

जापानमा ऋणात्मक ब्याजदरको अन्त्य,१७ वर्षमा पहिलोपटक बढ्यो ब्याजदर

Hyundai Nepal
जापानमा ऋणात्मक ब्याजदरको अन्त्य,१७ वर्षमा पहिलोपटक बढ्यो ब्याजदर
Nabil Bank Limited

काठमाण्डौ । जापानले लामो समयदेखिको ऋणात्मक ब्याजदर अन्त्य गरेको छ । जापानको केन्द्रीय बैंक‘बैंक अफ जापान’ले ऋणात्मक ब्याजदर अन्त्य गर्ने निर्णय गरेको हो । जापानको केन्द्रीय बैंकले वस्तु तथा सेवाको घट्दो मूल्यलाई नियन्त्रण गर्नका लागि ब्याजदरलाई ऋणात्मक गरेको थियो ।  

तर अहिले महंगी वृद्धि भएसँगै केन्द्रीय बैंकले विगत १७ वर्षमा पहिलोपटक ब्याजदर वृद्धि गरेको छ । बैंकले अल्पकालिन ब्याजदर ०.१ प्रतिशत ऋणात्मकबाट बढाएर शुन्यदेखि ०.१ प्रतिशत कायम गरेको छ ।  

Shivam Cement
Sagarmatha Cement

जापानले सन् १९९० देखि वस्तु तथा सेवाको मूल्यमा गिरावटको सामना गरिरहेको थियो । विगतका वर्षहरुदेखि बैंकले शुन्यदेखि ऋणात्मक ब्याजदर कायम गरेर र ठूलो मात्रामा सम्पत्ति बिक्री गरेर विभिन्न मौद्रिक नीतिहरुमार्फत मूल्य बढाउन प्रोत्साहन गरिरहेको थियो ।  

‘जापानको अर्थतन्त्रमा केहि सुधारहरु देखिएको तर अझै पनि केहि कमी कमजोरीहरु भने यथावत नै छ ।’मंगलबार जापानको केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।  

मुद्रास्फिती बढेसँगै ब्याजदर पनि बढ्न पुगेको छ र बैंक अफ जापानलाई पनि ऋणात्मक ब्याजदर घटाउन दवाब पर्दे आएको थियो ।  

गत साता टोयोटा जस्ता जापानका ठूला कम्पनीहरुले अपेक्षाभन्दा बढी मात्रामा तलब वृद्धिको घोषणा गरेका थिए । केन्द्रीय बैंकले ब्याजदर सामान्यीकरण गर्नुअघि तलब र ज्यालामा उल्लेख्य वृद्धि हुनुपर्ने बताउँदै आएको थियो ।  

केन्द्रीय बैंकले ब्याजदरमा गरेको वृद्धि ठूलो नभएपनि यो सन् २००७ पछिकै पहिलो हो । यसअघि जापानको केन्द्रीय बैंक ऋणात्मक ब्याजदर कायम राख्ने विश्वको एक मात्रै केन्द्रीय बैंकको रुपमा रहेको थियो ।  

जापानको केन्द्रीय बैंकले ऋणात्मक ब्याजदरको युगलाई अन्त्य गर्नुलाई जापानको बढ्दो जीडीपी वृद्धि,बढ्दो तलब र ज्याला र बढ्दो कर्पोरेट  मुनाफाको रुपमा लिइएको छ ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.