काठमाण्डौ । मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडकखण्ड आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
पहिरोका कारण शुक्रबार साँझदेखि बन्द रहेको सडक आइतबार दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो ।
सोमबार साँझ ८ बजे पुनः पहिरो खसेपछि आवतजावत बन्द भएको थियो । गत राति देखिनै पहिरो पन्छ्याउने काम भएसँगै आजबाट पुनः सवारी आवागमन सुचारु भएको हो । यो सडकखण्डमा पहिरो गएसँगै दशैंका लागि घर फर्किने यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ ।