Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एनसेल बाह्रखरी गल्फमा अर्जुन कार्कीले जिते सुनको बल

Global IME Bank Limited
एनसेल बाह्रखरी गल्फमा अर्जुन कार्कीले जिते सुनको बल
Nabil Bank Limited

काठमाण्डौ । पर्यटकीय नगरी पोखरामा हालै आयोजना गरिएको ‘एनसेल बाह्रखरी गल्फ’को ७ औं संस्करणको उपाधि अर्जुन कुमार कार्कीले जितेका छन् । यो प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पुरस्कार जित्न सफल भएका छन् ।

पोखराको हिमालयन गल्फ कोर्समा आयोजना गरिएको प्रतियोगिताको समापन शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता कार्कीले ३९ अंक जोडेका थिए । आठ ह्यान्डी क्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याकनाइनमा १७ अंक जोडे ।  

यससँगै चार ह्यान्डीक्याप खेल्ने रमेश गुरुङले ३३ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जितेका थिए । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । शेर्पाले ५ बर्डी प्रहार गरेका थिए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पुरुषतर्फ लिलाजंग गुरुङले दोस्रो स्थान हासिल गरे । गुरुङले ३७ अंक जोडेका थिए । प्रतियोगितामा बलरामथापाले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जितेका थिए । उनले ३६ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरेका थिए ।

महिलातर्फको उपाधि सुस्मा सिंहले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । उपविजेता बनेकी बालकासी गुरुङले ३० अंक जोडेकी थिइन् । क्लोजेस्ट टू द पिनको उपाधि संगम केसीले जितेका थिए । त्यसैगरी लङ्गेस्ट ड्राइभको उपाधि बानचेन ढुन्डुपले जितेका । उनले ३२० यार्ड लामो ड्राइभ प्रहार गरेका थिए ।  

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा  १०७ जना पुरुष र १० जना महिला गरी कुल ११७ जना खेलाडीको सहभागिता थियो । प्रतियोगिताको पहिलो दिन चार महिला र ६० पुरुष गरी ६४ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । दोस्रो दिन ६ महिला र ४७ पुरुष गरी कुल ५३ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए ।  

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.