शुक्रबार, असार २०,२०८२ 10:51:18
  • शुक्रबार, असार २०,२०८२ 10:51:18
Global IME Bank Limited

२५.६३ अंकले घट्यो सेयर बजार, हाइड्रो र अन्य बाहेक सबै समूह राताम्मे

Hyundai Nepal
२५.६३ अंकले घट्यो सेयर बजार, हाइड्रो र अन्य बाहेक सबै समूह राताम्मे
Nabil Bank Limited

काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार बजार २५.६३ अंकले घटेर २ हजार १३०.१८ विन्दुमा बन्द भएको छ । 

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.४१ अंकले घटेर ३८६.२० विन्दुमा पुगेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज प्रकाशित बैंक तथा वित्तीय संस्थाहरुको दोस्रो त्रैमासिक विवरण लगानीकर्ताहरुको अपेक्षा अनुसार आउन नसक्दा बजार घटेको हो ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘आज सार्बजनिक बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिक विवरणले गर्दा बजार घटेको हो, र बजारमा लगानीकर्ताको सेन्टिमेन्ट पनि ग्याप फिल गर्न आउँछ भन्ने छ,त्यो भनेको २ हजार १२० विन्दुसम्म हुन सक्दछ र अर्को भनेको २ हजार १५५ विन्दुसम्म पनि हुन सक्दछ ।यो अहिलेको करेक्सन भनेको अल्पकालिन वियरिस र नाफा बुक मात्रै हो ।’

उनका अनुसार अबैको एक/दुई कारोबारबाट बजार पुन : फर्किन सक्छ।अन्यथा बजार आउने साताबाट मात्रै फर्किन पनि सक्छ ।

अर्का बजार जानकार विरेन्द्र विष्टले आजको बजार घटाईलाई नाफा बुक भएको बताउँछन् । 

उनी भन्छन्, ‘ सबैतिर सकारात्मक माहोल भएकाले बढीमा एकदुई दिन मात्र करेक्सन आउँछ, केहि दिनपछि बजार सम्हालिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये अन्य र हाइड्रोपावर समूह बाहेक अरु सबै समूहमा रातो पोतिएको छ । यो दिन अन्य समूह १.३८ प्रतिशतले बढेको छ । 

यसैगरी, यो दिन सबैभन्दा बढी विकास बैंक समूह घटेको छ । यो समूह २.६१ प्रतिशतले घटेको  छ।त्यस्तै, वित्त समूह २.५५ प्रतिशतले घटेको छ। यस्तै बैंकिङ समूह २.४२प्रतिशतले घटेको छ ।त्यस्तै लगानी समूह १.९५ प्रतिशतले घटेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस्तै दोस्रोमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेको  छ। 

उक्त कम्पनीको २२ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।यसैगरी, अपी पावर कम्पनीको २० करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्सको २०करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने सोनापुर मिनरल्स एन्ड आयलको १९ करोड ८८लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन तीन वटा अलग अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको  छ। जसमा आँखुखोला हाइड्रोपावर कम्पनी,समाज लघुवित्त वित्तीय संस्था,हिमालयन लघुवित्त वित्तीय संस्था रहेका छन् । 

यसैगरी,मीड सोलु हाइड्रोपावरको सेयरमूल्य ९.७८ प्रतिशतले बढेको  छ। त्यसैगरी यो दिन सीईडीबी हाइड्रोपावरको सेयरमूल्य ८.२७ प्रतिशतले घटेको छ । 

त्यस्तै मोलुङ हाइड्रोपावरको सेयरमूल्य ७.२६प्रतिशतले घटेको छ । त्यस्तै बाराही हाइड्रोपावरको सेयरमूल्य ६.२५ प्रतिशतले घटेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.