Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

आईसक्रिम व्यवसायलाई अलग गर्दै युनिलिभर, खर्च घटाउन साढे ७ हजार कर्मचारी निकाल्ने

Global IME Bank Limited
आईसक्रिम व्यवसायलाई अलग गर्दै युनिलिभर, खर्च घटाउन साढे ७ हजार कर्मचारी निकाल्ने
Nabil Bank Limited

काठमाण्डौ । बहुराष्ट्रिय कम्पनी युनिलिभरले आईसक्रिम व्यवसायलाई अलग गर्ने भएको छ । म्गागनम र बेन एण्ड जेरी ब्राण्डको रुपमा चर्चित आईसक्रिम युनिटलाई युलिभरले अलग व्यवसायको रुपमा स्थापना गर्न लागेको हो ।  

यसका साथै कम्पनीले नयाँ खर्च घटाउने कार्यक्रमअन्तर्गत ७ हजार ५ सय रोजगारी कटौती गर्ने घोषणा समेत गरेको छ ।  

लगानीकर्ताले कम्पनीको यो कदमको स्वागत गरेका छन् । कम्पनीको यो घोषणासँगै कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतसम्मको उछाल आएको थियो ।  

आईसक्रिम व्यवसायलाई अलग गर्ने कार्य सन् २०२५ को अन्त्यसम्म सकिने अनुमान गरिएको छ । आईसक्रिम व्यवसायलाई अम्सटेरड्याममा रहेने भिन्न केन्द्रीय कार्यालयमा सार्ने योजना बनिरहेको सीईओ हिअन स्कुमाचरले बताए ।  

कम्पनीको यो योजनालाई सक्रिय लगानीकर्ता,बोर्ड सञ्चालक नेल्सन पेल्ट्ज फण्ड । युनिलिभर सेयरहोल्डर अभिभाले स्वागत गरेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

व्यवसाय अलग भएपछि युनिलिभरले मध्यम एकल अंकको बिक्री वृद्धि र मध्यम मार्जिन सुधारको अपेक्षा राखेको जनाएको छ । युनिलिभरको विश्वभरको कुल बिक्रीमा आईसक्रिम व्यवसायको हिस्सा १६ प्रतिशत रहेको छ । केहि देशहरुमा त यस्तो हिस्सा ४० प्रतिशतसम्म रहेको छ ।  

युनिलिभरको अन्य ब्राण्डहरु जस्तै डोभ साबुन,मारमाइट र हेलम्यान कन्डीमेन्टले पनि आगामी ३ वर्षभित्र ८०० मिलियनसम्मको खर्च कम गर्ने कार्यक्रम पेश गरेका छन् ।  यी परिवर्तनहरुले विश्वभर ७ हजार ५ सयको रोजगारी गुम्ने जनाइएको छ । जुन युनिलिभरको विश्वभर रहेको कुल १ लाख २८ हजार जनशक्तिको ५.९ प्रतिशत हुन आउँछ ।  

युनिलिभरले केन्द्रीय कार्यालय,कर्पोरेट सेन्टर,बिजनेश ग्रुप कोडिनेसन प्वाइन्ट र विभिन्न देशमा रहेका बिजनेश युनिटहरुमा रोजगारी कटौती गर्ने जनाएको छ । तर कम्पनीले यसबाट कुन क्षेत्र सबैभन्दा प्रभावित हुनेछ भन्ने बारे भने केहि खुलाएको छैन ।  

विगत केहि वर्षदेखि व्यवसायमा खासै सुधार हुन नसेको अवस्थामा गत जुलाईमा सीईओ बनेका स्कुमाचारको यो कदमलाई लगानीकर्तामाझ आत्मविश्वास उत्साह फर्काउने कदमको रुपमा हेरिएको छ ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.