शुक्रबार, बैशाख १२,२०८२ 10:27:16
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 10:27:16
IME remit
Global IME Bank Limited

समता घरेलु लघुवित्तले तय गर्‍यो एजीएमको मिति,एफपीओ र लाभांशको अजेण्डा पारित हुने

Hyundai Nepal
समता घरेलु लघुवित्तले तय गर्‍यो एजीएमको मिति,एफपीओ र लाभांशको अजेण्डा पारित हुने
Nabil Bank Limited

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांशको अजेणव पारित गर्ने मुख्य अजेण्डासहति साधारण सभाको मिति तय गरेको छ । चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैच २९ गते संस्थाको १० औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।  

उक्त सभा बनेपामा रहेको नमोबुद्ध बैंक्वेट एण्ड इभेन्टमा आयोजना हुनेछ । उक्त सभामा गत आव २०७९/८० का लागि प्रस्तावित ५.४२२२ प्रतिशत बोनस सेयर र ०.२८५४ नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.७०७६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा एफपीओ निष्कासन गर्ने र संस्थाले मनकामना स्मार्ट लघुवित्तलाइ प्राप्ति गर्ने सम्बन्धि भएका सम्पूर्ण कार्य तथा निर्णयहरु पारित गरिनेछ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सभामा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति गर्ने सम्वन्धी सम्झौतापत्र तर्जुमा गर्ने, र गाभ्ने÷गाभिने वा प्राप्ति सम्वन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न÷गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ ।  

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूद्धारा प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदनमाथि  छलफल गरि पारित गर्ने,आर्थिक वर्ष २०७९÷०८० को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्वन्धीत अनुसूचीहरु पारित गर्ने तथा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

सेयर संरचना अनुपात ७०ः३० (संस्थापकः सर्वसाधारण) कायम गराउँने उद्देश्यले नपुग सेयर ३ करोठ ३२ लाख ८५ हजार ६०० रुपैयाँबराबरको सेयर थप सार्वजनिक निष्काशन सम्बन्धी प्रक्रियामा रहेको हुँदा बुक क्लोज भन्दा अगावै उक्त सेयर समायोजन भए समायोजित सयरधनीहरुलाई समेत प्रस्तावित लाभांश वितरण गरिनेछ संस्थाले जनाएको छ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी चैत १९ गते एक दिनका लागि बुक क्लोज गर्ने संस्थाले जनाएको छ । यसर्थ चैत १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.