Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सर्वोत्तमको सेयर कारोबारमा अड्लट सुविधाको दुरुपयोग, ब्रोकर नम्बर ५८ अगाडि

Global IME Bank Limited
सर्वोत्तमको सेयर कारोबारमा अड्लट सुविधाको दुरुपयोग, ब्रोकर नम्बर ५८ अगाडि
Nabil Bank Limited

काठमाण्डौं । दोस्रो बजारमा पहिलोपटक बुक बिल्डिङ विधिबाट कारोबारमा आएको सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा अड्लटको चरम दुरुपयोग भएको छ ।  

चैत ६ गतेदेखि कारोबारमा आएको यो कम्पनीको सेयरमा हालसम्म जम्मा २ दिन कारोबार भएको छ । अड्लट खासगरी लगानीकर्ताहरुले सेयर कारोबार गर्दा वा मर्ज भएर आएको १० कित्ताभन्दा थोरै सेयर कारोबारका लागि मात्रै पाइने सुविधा हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एक आइटी विज्ञकाअनुसार यो लगानीकर्ताबाट गरिएको अड्लटको दुरुपयोग हो । ‘यसले सेयरभाउलाई प्रभावित त गर्दैन, तर उद्देश्यभन्दा फरक प्रयोजनका लागि यो सुविधाको चरम दुरुपयोग भएको छ ।’  उनले थपे–‘कसैको घरको ढोका खुलै छ भन्दैमा चोर्न पसेजस्तै हो । यसमा कानूनी बिषय पनि छ, सम्बन्धित निकाय(नेप्से)ले कारबाही गर्नुपर्छ ।’  

दुई दिनको कारोबारमा नै अड्लट देखिएको छ । त्यसमा पनि ठूलो ब्रोकर भनेर चिनिएको नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८)को  ग्राहकबाट कारोबार भएको छ । नेप्से र धितोपत्र बोर्डको नियमन विभागले हेर्नुपर्छ ।  

यो लगानीकर्ताहरुलाई दिइएको सुविधा हो, तर दुरुपयोग भयो । यस्तो कारोबार पहिले शुक्रबार मात्रै हुने गथ्र्यो । अहिले अरु बार पनि राखिएको छ ।  

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले यो विषयलाई आफूले नियमन विभागलाई हेर्न लगाउने बताए ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.