Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

चीनका सेयर लगानीकर्ता बन्दैछन् कंगाल,६ ट्रिलियन डलर स्वाहा

Hyundai Nepal
चीनका सेयर लगानीकर्ता बन्दैछन् कंगाल,६ ट्रिलियन डलर स्वाहा
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ अर्थतन्त्रको अवस्था निकै नाजुक बनेको छ । कतिपय विश्व प्रतिष्ठित कम्पनीहरू धमाधम चीन छोडेर अन्यत्र हिँडिरहेका छन् । यही समयमा, निरन्तरको बिक्रीचाप र लगानीकर्तामा देखिएको चरम निराशाले  चिनियाँ शेयर बजारमा समेत निकै ठूला पहिराहरु गइरहेका छन् ।  

चीनको शेयर बजार विगत तीन वर्षदेखि घाटामा छ । यस वर्ष पनि चिनियाँ शेयर बजारमा कुनै राहातको संकेत देखिएको छैन। यो लामो बिक्रीका कारण चीनको शेयर बजार नराम्ररी प्रभावित भएको छ । 

Shivam Cement
Sagarmatha Cement

 

मिडिया रिपोर्टका अनुसार विगत केही वर्षदेखि चलिरहेको यस बिक्रीका कारण चीनको शेयर बजारको मूल्य ६ ट्रिलियन डलरभन्दा बढीले घटेको छ ।  

चीनको शेयर बजारमा पैसा लगानी गर्नेहरूले पनि ठूलो घाटा बेहोरेका छन् ।  

लगातारको गिरावट नरोकिएपछि चीनले आफ्नो शेयर बजारलाई विनाशबाट जोगाउन केही कदम चालेको छ । चीनले आईपीओ र सूचीबद्ध कम्पनीहरूको छानबिनलाई कडा पारेको छ। यस्ता अनेकन प्रयासहरु गरेर सरकारले बजारप्रति लगानीकर्ताको विश्वासलाई पुनः जगाउने कोशिश त गरेको छ, तर ती कोशिशहरुले परिणाम निकाल्ने अवस्था चाहिँ अझै नदेखिएको रिपोर्टहरुमा जनाइएको छ ।  

चीनमा धितोपत्र बजारका नियामकहरूले आईपीओलाई नजिकबाट जाँच गर्नेछन्। धितोपत्र ठगी विरुद्ध कडा कारबाहीको नीति अबलम्बन गर्नेछ चीनले ।  

साथै, सूचीकृत कम्पनीहरूलाई लाभांशको भुक्तानी बढाउन र शेयर खरीद फिर्ता गर्न प्रोत्साहित गरिनेछ।  

चीन अब आफ्नो पुँजी बजारलाई सुरक्षित, पारदर्शी र लचिलो बनाउन चाहन्छ । चीनले अब कम्पनीहरूको सूचीकरणको अनुगमनलाई अझ बलियो बनाउनेछ। नियमअनुसार, कम्पनीहरु द्वारा अत्यधिक फण्ड उठाउनका लागी आईपीओ आवेदकहरु लाई कडाईका साथ छानबिन गरिनेछ।  

बजारमा भारी गिरावट

चीनको बेञ्चमार्क सीएसआई ३०० सूचकांक यस वर्ष ४ प्रतिशत माथि छ तर सुस्त घरेलु अर्थतन्त्र, गहिरो सम्पत्ति संकट, पूँजी बहिर्गमन र पश्चिमासँग बढ्दो राजनीतिक तनावका कारण २०२१ मा देखिएको गिरावटभन्दा पनि अझै ४० प्रतिशत तल छ ।  

यसरी हेर्दा पछिल्लो समय लगातार चीनको शेयर बजार टाट पल्टिने बाटोमा अग्रसर देखिएको छ ।  

चीनको ब्लू चिप सीएसआई ३०० इण्डेक्स गत वर्ष ११ प्रतिशतभन्दा बढीले घटेको छ भने हङकङको ह्याङ सेङ १४ प्रतिशतले तल झरेको छ ।  

प्रतिवेदनका अनुसार पछिल्लो तीन वर्षमा चीनको शेयर बजार ५० प्रतिशतभन्दा बढीले घटेको छ । चीनको शेयर बजारमा करिब २२ करोड मानिसले लगानी गरेका छन् ।  

बजारमा आएको गिरावटका कारण यी लगानीकर्ताको पैसा अड्किएको छ । यसको असर चीनको अर्थतन्त्रमा पनि देखिएको छ ।

एजेन्सीहरुबाट

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.