Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

रिडी पावरको ५०% हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन

Global IME Bank Limited
रिडी पावरको ५०% हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १८ गतेबाट हकप्रद सेयर निष्कासन गरेको ५० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गरेको छ ।  

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ। हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।  

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत माघ २२ गते बुक क्लोज गरेको थियो। यसर्थ माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्। 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.