सोमबार, आश्विन २७,२०८२ 01:27:06
IME remit
  • सोमबार, आश्विन २७,२०८२ 01:27:06
IME remit
Global IME Bank Limited

सेबोन अध्यक्ष र सञ्चालकलाई प्रहरीले गर्‍यो रेस्क्यू, खुमलटारमा ७ घण्टा के-के भयो ?

Hyundai Nepal
सेबोन अध्यक्ष र सञ्चालकलाई प्रहरीले गर्‍यो रेस्क्यू, खुमलटारमा ७ घण्टा के-के भयो ?
Shivam Cement

काठमाण्डौ । तरल राजनीतिक अवस्था, विभिन्न आन्दोलनका नाममा निजी क्षेत्र लक्षित आक्रमण र यी सबै घटनाक्रमबाट तर्सिएका लगानीकर्ताको कमजोर मनोबलका कारण सेयर बजार लगातार घटेपछि लगानीकर्ताहरुको एक समूहले आइतबार करिब ७ घण्टा पूँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड कब्जामा लियो । 

Shivam Cement
Bizshala
CG Motors

बजारमा प्यानिक सेल सुरु भई उच्च अंकले नेप्से घटेपछि तर्सिएका लगानीकर्ताहरुको एक समूहले आइतबार कारोबार समय सकिएलगत्तै खुमलटारस्थित धितोपत्र बोर्ड कार्यालयमा पुगेर बैठक बसिरहेका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र सञ्चालक समितिका सदस्यहरुलाई त्यहाँबाट बाहिर निस्कन नदिई राति १० बजेसम्म रोकेर राखेको हो ।  

सुरुमा लगानीकर्ताहरुले अर्थमन्त्रीले गठन गरेको पूँजीबजार सुधार कार्यदलले दिएका सुझावहरु कार्यान्वयनमा ढिलाई भएकोमा रोष प्रकट गरेका थिए । तर, उनीहरुको संख्या थपिएसँगै कार्यदलले सुझाएबाहेकका नयाँ ११ वटा र केहीपछि अझ बढाएर १५ वटा माग 'तत्कालै र आजै पूरा हुनुपर्ने' अडान लिएका थिए ।  

लगानीकर्ताहरुले विभिन्न १५ वटा माग प्रस्तुत गर्दै ती पूरा नभए आफूहरु पनि घर नजाने र धितोपत्र बोर्डका अध्यक्ष, सञ्चालक र त्यहाँ रहेका कर्मचारीलाई पनि घर जान नदिने भन्दै रातको समयमै बोर्डको गेटमा तालाबन्दी गरिदिएका थिए । मूलगेटमै ताला ठोकेर उनीहरुले बोर्डका अध्यक्ष, सञ्चालक र उच्चपदस्थ कर्मचारीहरुलाई अहिलेको अहिले माग पूरा गर्नुपर्ने निरन्तर दवाब दिएका थिए ।  

सो क्रममा बोर्ड पुगेका लगानीकर्ताहरु र धितोपत्र बोर्डका अध्यक्षबीच पटक पटक वादविवाद, चर्काचर्की र बहस भएको सुनिएको थियो ।  

लगानीकर्ताहरुले राखेका मागहरुमध्ये उचित देखिएका सबै विषय क्रमैसँग सम्बोधन गर्ने पटक-पटक प्रतिबद्धता जनाउँदा समेत धितोपत्र बोर्डका अध्यक्ष र सञ्चालकलाई कार्यालयबाट हिँड्न दिइएको थिएन । धितोपत्र बोर्डका अध्यक्षले लगानीकर्ताहरुले गरेका मागअनुसार धेरै विषय विगतमा आफूले सम्बोधन गरेको उल्लेख गर्दै अहिले उठेका मागहरु समेत सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदा समेत लगानीकर्ताले उनलाई कार्यालयबाट बाहिर निस्किन दिएनन् ।  

Muktinath Bikas Bank Limited

रात छिप्पिदै गएपछि ठूलो संख्यामा सुरक्षाकर्मी समेत त्यहाँ तैनाथ भएका थिए । लगानीकर्ताहरु आफ्ना मागहरुको विषयमा बोर्डले लिखित सहमति गर्नुपर्ने, नभए घर नजाने अडानमा देखिन्थे ।  

लगानीकर्ताको संख्यासँगै मागहरु थपिँदै जाँदा र कतिपय लगानीकर्ता अराजक बन्ने अवस्था देखिएपछि त्यसको व्यवस्थापन गर्दै तिलक कोइराला, दीपेन्द्र अग्रवाल लगायतका लगानीकर्ताहरुले सहजीकरणको प्रयास गरेका थिए ।  

उनीहरुले पटक-पटक सेबोन अध्यक्षसँग छलफल गरी आफ्ना माग पूरा गर्ने लिखित वक्तव्य सेबोनले सार्वजनिक गर्नुपर्ने र आफूहरुले तिहारसम्मको समयसीमा दिएर आजको अवस्थालाई सहज बनाउने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार सेबोनले पूँजीबजार सुधार कार्यदलले दिएका सुधारहरुको शीघ्र कार्यान्वयनका लागि आइतबारको बोर्डले समेत निर्णय गरिसकेको र स्पष्ट कार्ययोजना समेत बनिसकेको उल्लेख गर्दै सेबोनले लगानीकर्ताहरुको बाँकी मागको विषयमा समेत आफूहरु सकारात्मक रहेको र क्रमैसँग जायज माग सम्बोधन गर्दै जाने प्रतिबद्धतासहितको वक्तव्य जारी गरेको थियो ।  

तर, सो वक्तव्यपछि पनि धेरै लगानीकर्ताले आफूहरुको माग 'आज नै पूरा हुनुपर्ने' र 'उधारो सहमति' नमान्ने भन्दै नाराबाजी गरेका थिए । केहीले लिखित वक्तव्यका फोटोकपीहरु च्यातेको समेत देखिएको थियो ।  

त्यसपछि लगानीकर्ताहरुले रातकै समयमा नाराबाजी गरेका थिए । उनीहरुले आफ्ना माग पूरा गर्नुको साटो आज झारा टार्ने काम मात्र भएको भन्दै अक्षरंश पूरा नभएसम्म बोर्ड परिसर नछाड्ने अडान लिएका थिए ।  

त्यहीबेला लगानीकर्ता दीपेन्द्र अग्रवालले तिहारसम्मको अल्टिमेटम दिएर आज घर जानुपर्ने प्रस्ताव गर्दा धेरैले त्यसको विरोध गरेका थिए । तर, अग्रवाल, लगानीकर्ता तिलक कोइराला, सुशील लुनिया लगायतको आह्वानमा धितोपत्र बोर्ड पुगेका लगानीकर्ता सम्झाइबुझाई गरेपछि केही मत्थर भएका थिए ।  

त्यही समयमा प्रहरीले धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठ र आजको बोर्ड बैठकका लागि त्यहाँ पुगेका सञ्चालकहरु तथा उच्चपदस्थ कर्मचारीहरुलाई आफ्नै भ्यानमा राखेर त्यहाँबाट घर पुर्याएको थियो ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.