Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

पश्चिम बङ्गालका पर्यटन व्यवसायीसँग काठमाण्डौमा अन्तरक्रिया, क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड

Global IME Bank Limited
पश्चिम बङ्गालका पर्यटन व्यवसायीसँग काठमाण्डौमा अन्तरक्रिया, क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्रमा (क्रसबोर्डर) नेपालको पर्यटन प्रर्वद्धन गर्न पश्चिम बङ्गालका पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड दिन सके यसबाट दुवै देशले फाइदा लिन सक्ने व्यवसायी तथा बोर्डका अधिकारीहरुले बताएका छन् ।

८ औं बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) को प्रचार प्रसार तथा नेपाली व्यवसायीसँग अन्तरक्रियाको लागि नेपाल आएको सिलिगुडीस्थित इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशन (इथवा) का पदाधिकारीहरुसँग बुधबार बोर्डमा अन्तरक्रिया आयोजना गरिएको थियो । (इथवा) को आयोजनामा सेप्टेम्बर १४ देखि १५ तारिखसम्म सिलगुडिमा ८ औं बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) हुन लागेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो अवसरमा पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले पश्चिम बंगाल र खासगरी, दार्जलिङ्ग, सिक्किम लगायतका क्षेत्रबाट पूर्वि नेपालमा घुम्न आउने तथा नेपालबाट त्यता जाने पर्यटकको संख्या बढिरहेको सन्दर्भमा थप प्रचार प्रसार र सहजिकरण गर्न सके तेस्रो मुलकका पर्यटकबाट दुवै देश लाभान्वित हुने बताए । बोर्डका अर्का प्रबन्धक सुमन घिमिरेले नेपालले समेत क्रस बर्डर पर्यटनलाई जोड दिदैं नेपाल–भारत सीमा क्षेत्रमा विभिन्न मार्टहरु आयोजना गरेको जानकारी दिँदै छलफल तथा अन्तरत्रिया र सहकार्यलाई जारी राख्नु पर्नेमा जोड दिए ।

इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशन (इथवा) का अध्यक्ष देवासिश मिश्राले क्रसबोर्डर पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकबाट लाभ लिन दुवै देशबीचका सीमा क्षेत्रमा अध्यागमन सुविधा अपरिहार्य रहेको बताए ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.