Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एनआरएनएले भूकम्पबाट ध्वस्त भएका भेरी र आठबिसकोट नगरपालिकाको पुनर्निर्माण गरिदिने

Global IME Bank Limited
एनआरएनएले भूकम्पबाट ध्वस्त भएका भेरी र आठबिसकोट नगरपालिकाको पुनर्निर्माण गरिदिने
Nabil Bank Limited

काठमाण्डौ । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले भूकम्पबाट ध्वस्त भएका दुई नगरपालिकाको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । गत कात्तिक १७ गते गएको भूकम्पबाट सबैभन्दा बढी क्षति भएको जाजरकोटको भेरी र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको पुनर्निर्माण गर्ने भएको हो ।

काठमाण्डौमा हालै सम्पन्न संघको वार्षिक साधारण सभामा दुबै नगरपालिकाको पुनर्निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा संघका संरक्षक डा. शेष घले, अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरेका छन् भने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले हस्ताक्षर गरेका छन् ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हस्ताक्षर कार्यक्रमपछि बोल्दै संघका अध्यक्ष कुँवरले आफूहरुले भूकम्पबाट सबैभन्दा बढी क्षति पुर्याएको दुई नगरपालिकाको पुनर्निमाणमा सहयोग गर्न लागेको जानकारी दिए । उनले आफूहरुलाई काम गर्ने वातावरण बनाइदिन समेत नगर प्रमुखसँग आग्रह गरे ।

‘हामीहरुलाई अरु केही चाहिँदैन, हामीलाई सहजरुपमा काम गर्ने वातावरण बनाइदिनुहोला । नेपालमा राम्रो काम गरौं भन्दा पनि अबरोध भएका अनुभव हामीसँग छन् । विशुद्ध सेवाभावका साथ हामीले दुई नगरपालिका रोजेका हौ। यसमा राजनीतिकरण गर्ने र काम गर्न असहज बनाइदिनुहोला’ अध्यक्ष कुँवरले भने । उनले २०७२ सालको भूकम्पमा संरक्षक घलेको नेतृत्वमा लाप्राकको बस्ती नै बनाइदिएको स्मरण समेत गराए । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.