Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

खूद ब्याज मार्जिनमा संकुचन बन्यो भारतीय बैंकहरुका लागि टाउको दुखाई,कर्जा प्रवाह भने दोहोरो अंकमा

Global IME Bank Limited
खूद ब्याज मार्जिनमा संकुचन बन्यो भारतीय बैंकहरुका लागि टाउको दुखाई,कर्जा प्रवाह भने दोहोरो अंकमा
Nabil Bank Limited

काठमाण्डौ । भारतीय बैंकहरुको खूद ब्याज मार्जिनमा संकुचन आएको छ । निक्षेप खर्चमा आएको वृद्धिले बैंकहरुको खूद ब्याज मार्जिनमा संकुचन आएको हो ।  

पछिल्ला केहि महिनादेखि भारतीय बैंकहरुको कर्जा प्रवाहमा दोहोरो अंकको वृद्धि देखिएको छ । भारतको अर्थतन्त्रमा कर्जाको माग बढीरहेकाले बैंकहरुबाट हुने कर्जा प्रवाह बढेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपी निक्षेप खर्च वृद्धिका कारण ब्याज मार्जिनमा भने संकुचन आएको भारतीय मिडियाहरुले बताएका छन् ।  

भारतको सबैभन्दा ठूलो निजी लगानीको बैंक एचडीएफसीले कहि समयअघि सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खूद ब्याज मार्जिन लगातार दुई त्रैमासमा घटेको थियो । कर्जाको बढ्दो मागसँगै बैंकहरुको नाफा बढेपनि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया(आरबीआई) ले अर्थतन्त्रमा जोखिमको सम्भावना औल्याएको छ । समग्र कर्जाको तुलनामा असुरक्षित कर्जाको प्रवाह दोब्बरले बढेकाले केहि उपभोक्ता कर्जामा कमी गर्न आरबीआईले गत नोभेम्बरमा निर्देशन दिएको थियो ।  

यससँगै भारतको दोस्रो ठूलो निजी बैंक आईसीआईसीआई बैंकको खूद ब्याज मार्जिन लगातार चौथो त्रैमासमा पनि घटेको छ । बैंकको खूद ब्याज मार्जिन ४.५३ प्रतिशतबाट घटेर ४.४३ प्रतिशत कायम भएको छ ।  

यस्तै कोडाक महिन्द्रा बैंकको खूद ब्याज मार्जिन पनि ५.४७ प्रतिशतबाट घटेर ५.२२ प्रतिशतमा सीमित भएको छ ।  

बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको आम्दानी अपेक्षा गरेभन्दा धेरै वृद्धि भएको छ । बैंकको खूद मुनाफा २५.७ प्रतिशतले बढेको छ ।  

खूद ब्याज मार्जिन भनेको कर्जाबाट प्राप्त भएको ब्याज र निक्षेपमा प्रदान गरिएको बीचको अन्तर हो । 


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.