शुक्रबार, श्रावण ८,२०८३ 01:43:23
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 01:43:23
Bizshala
Global IME Bank Limited

इभी किन्नेका लागि ग्लोबल आईएमई बैंकको ‘ग्रिन ड्राइभ योजना’, कर्जा अवधिभर सिंगल डिजीटको ब्याजदर

इभी किन्नेका लागि ग्लोबल आईएमई बैंकको ‘ग्रिन ड्राइभ योजना’, कर्जा अवधिभर सिंगल डिजीटको ब्याजदर
New Office

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने उद्देश्यले न्यूनतम् ब्याजदरमै ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ ।  

यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनका लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइने बैंकले जनाएको छ ।  

कर्जाको अवधि ५ वर्षसम्मका लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढीका लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर तोकिएको छ । 

न्यूनतमसहित स्थिर ब्याजदरमा सार्वजनिक भएको ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइराख्नेका लागि राम्रो विकल्प हुनसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन ।  

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।  

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.