मंगलवार, असार १७,२०८२ 02:10:13
  • मंगलवार, असार १७,२०८२ 02:10:13
Global IME Bank Limited

घरबाट निकालेको ९ वर्षपछि यी धनाढ्यको बुवासँग भयो सुखद पुनर्मिलन

Hyundai Nepal
घरबाट निकालेको ९ वर्षपछि यी धनाढ्यको बुवासँग भयो सुखद पुनर्मिलन
Nabil Bank Limited

काठमाण्डौ । भारतीय धनाढ्य तथा रेमन्ड ग्रुपका अध्यक्ष गौतम सिंघानिया र ग्रुपका संस्थापक तथा गौतमका बुवा विजयपत सिंघानियाबीचको विवाद अन्त्य हुने संघारमा पुगेको छ । गौतम सिंघानियाले एक्समा विजयपत सिंघानियासँगको फोटो सेयर गरेसँगै बुवा–छोराबीचको ९ वर्ष पुरानो विवाद अन्त्य भएको अनुमान लगाइएको छ ।  

गौतमले फोटो सेयर गर्दै लेखेका छन्,‘आज बुवालाई घरमा पाउँदा र उनको आर्शीवाद पाउँदा खुशी छु ।’ विजयपत सिंघानियाले सन् २०१५ मा आफ्ना छोरा गौतम सिंघानियालाई कम्पनीको बागडोर सुम्पिएका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको बागडोर गौतमको हातमा परेपछि बुवा–छोराबीच विवाद उत्पन्न भएको थियो । सन् २०१७ मा विजयपत सिंघानियाले आफ्नो छोराले मुम्बईमा उनको पारिवारिक सम्पत्ति जेके हाउस बिल्डिङबाट बाहिर निकालेको आरोप लगाएका थिए ।  

गत वर्ष गौतम सिंघानिया आफ्नी श्रीमती नवाजसँग अलग भएका थिए । यसपश्चात विजयपत सिंघानियाको एउटा अन्तवार्ता आएको थियो । बिजनेश ट्ुडेमा दिएको अन्तवार्तामा उनले आफ्नो विरासत छोरालाई सुम्पेकोमा पश्चाताप व्यक्त गरेका थिए ।  

अन्तवार्तामा उनले यस्तो भनेका थिए,‘मसँग अब केहि पनि छैन । मैले सबै कुरा उसलाइ्र्र दिए । गल्तीले मसँग केहि पैसा बचेको थियो । जसबाट आज म गुजारा चलाईरहेको छु । होइन भने म सडकमा हुन्थे । मलाई सडकमा देख्दा उ खुसी हुन्थ्यो होला । मलाई बाहिर निकाले जस्तै के उसले आफ्नी श्रमतीलाई पनि बाहिर निकाल्न सक्छ । ? आमाबुवाले आफ्ना सन्तानलाई सबै कुरा दिदा सावधान हुनपर्छ । आफु जिउँदो हुँदासम्म सबै सम्पत्ति सन्तानलाई सुम्पिनु गलत हुनसक्छ ।’ 

रेमेन्ड ग्रुप विश्वको सबैभन्दा ठूलो फ्याब्रिक उत्पादक कम्पनी हो । एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.