आईतवार, श्रावण ३,२०८३ 08:56:56
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 08:56:56
Bizshala
Global IME Bank Limited

सन्दीप जलानलाई सीआईबीले बयान लिएको हो ? यस्तो रहेछ यथार्थ

सन्दीप जलानलाई सीआईबीले बयान लिएको हो ? यस्तो रहेछ यथार्थ
New Office

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेडको सेयरमूल्य इन्साइडर ट्रेडिङ गरेर बढाएको र सर्वसाधारणलाई फसाएको आरोपमा सेयर ब्रोकर तथा लगानीकर्ता सन्दीप जलानलाई सीआईबीले नियन्त्रणमा लिएको र बयान लिएर छाडेको विषयले अहिले सामाजिक सञ्जाल तताइरहेको छ ।  

एनआरएनको सेयरमूल्यमा जलानले नेपाल स्टक एक्सचेञ्जको पूर्व प्रमुख तथा सो कम्पनीको सञ्चालक समितिका अध्यक्ष समेत रहेका सीताराम थपलियासँग मिलेर सेयर कर्नरिङ गरेको र कम्पनीबाट घोषणा हुने सम्भावित बोनस सेयर तथा हकप्रदको सूचना पहिला नै लिएर इन्साइडर ट्रेडिङ गरेको आरोप लागेको छ । 

यही विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले केही कागजात जलानको प्रमुख लगानी रहे पनि पछिल्लो समय अरुमै स्वामित्व हस्तान्तरण भएको ५८ नम्बर ब्रोकर(नासा सेक्युरिटिज)बाट केही कागजात नियन्त्रणमा लिएको र शुक्रबार सीआईबीमा बोलाएर बयान लिएको खबरले सञ्जालहरुमा सनसनी मच्चाइरहेको छ ।  

हामीलाई समेत केही लगानीकर्ताहरुले फोन गरेर नेपाली सेयर बजारका खेलाडी भनेर चिनिने जलान प्रहरी नियन्त्रणमा पुगेका भनेका थिए । एनआरएनमा जलान र थपलियाको मिलेमतोमा चलखेल गरेर मूल्य बढाइएको विषय समेत आएका थिए । यहाँ यी दुवै विषयको यथार्थ बुझ्ने कोशिश गरिएको छ ।  

आधिकारिक निकायकाअनुसार जलान र थपलियाको मिलेमतोमा एनआरएन लगायत अन्य कम्पनीमा भएको चलखेल लगायतका विषयमा धितोपत्र बोर्डले छानिबन थालेको हल्ला सही देखिएको छ । तर, सेबोनले एकदुई दिनअघि नै ५८ नम्बर ब्रोकरमा छापा मारेर केही फाइल लिएको, सीसीटिभी फूटेज पनि नियन्त्रणमा लिएको लगायतको विषय चाहिँ सत्य नभएको पाइएको छ । 

सेबोनले केही दिनअघि नै अन्य विभिन्न खालका उजुरीहरुका आधारमा ५८ नम्बर ब्रोकरमा नियमित इन्स्पेक्सन मात्र गरेको बुझिएको छ । सो क्रममा केही डकूमेन्ट लिइएको र बाँकी अनुसन्धान भइरहेको धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुष्टि गरे । ‘हाम्रो रेगुलर इन्स्पेक्सन हो, अरुबेला पनि भइरहेकै हुन्छ । त्यो हिजो वा अस्ती भएको होइन । केही दिनअघिको कुरा हो ।’ बजार हल्लाको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष श्रेष्ठले भने ।  

बोर्डमा परेका उजुरीका विषयमा छानिबन भइरहेकोले जलान अहिले नै दोषी हुन् भनेर किटान गर्न नसकिने उनको प्रष्टोक्ति छ । अनुसन्धानपछि नै सबै कुरा खुल्ने उनको भनाई छ ।  

सेबोनबाट प्रष्ट कुरा आएपछि हामीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा समेत जलान शुक्रबार(आज) त्यहाँ पुगेका/नपुगेका, उनको बयान लिइएको/नलिइएको विषयमा सोधीखोजी गर्ने काम गरेका थियौं । बिजशालासँग कुरा गर्दै सीआईबीको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले सन्दीप जलानको कुनै पनि बयान नलिइएको र उनी शुक्रबार सीआईबीमा नआएको पुष्टि गरे । जलानको विषयमा कहीँकतैबाट उजुरी आएको विषयमा समेत अनभिज्ञता प्रकट गरे ।  

त्यसअघि हामीले आरोपी जलानलाई नै पनि आज सीआईबीमा जानुभएको थियो ? भनेर सोधेका थियौं । उनले आफ्नो विषयमा गलत हल्ला चलाइएको भन्दै जवाफ पठाए- 'म त अफिसमै छु । काम गर्दै बसेको छु । तपाईजस्ता धेरै साथीभाईको कल आइसक्यो । जे हल्ला फैलिएको छ, त्यो फेक हो है !'  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.