Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ग्लोबल मनि विकका अवसरमा स्टक ब्रोकर एशोसियसनद्वारा विभिन्न कार्यक्रमको आयोजना

Global IME Bank Limited
ग्लोबल मनि विकका अवसरमा स्टक ब्रोकर एशोसियसनद्वारा विभिन्न कार्यक्रमको आयोजना
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल मनि विकको अवसरमा स्टक ब्रोकर एशोसियसन अफ नेपाल ,मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपाल , नेपाल उद्योग वाणिज्य महासंघ र विरगंज पब्लिक कलेजको संयुक्त आयोजनामा दुई दिने इन्वेस्टिभल कार्यक्रम सम्पन्न भएको छ ।  

इन्वेस्टिभल कार्यक्रममा मधेस प्रदेश अन्तर कलेज कैपिटल मार्केट क्विज प्रतियोगिता,सेमिनार, फाइनेंसियल र्‍याली र सडक नाटक प्रस्तुति गरिएको बिपिसीका सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठले जानकारी दिए ।  

वित्तीय र्‍याली घण्टाघरदेखि माइस्थान मन्दिरसम्म २०० भन्दा बढी विद्यार्थीहरुको सहभागितामा गरिएको र सो र्‍याली माइस्थान मन्दिरमा आएर शक्तिशाली सडक नाटकमा परिणत भएको थियो । सडक नाटकको उद्घाटन भारतीय राजदूतावास वीरगन्जका कन्सुलर (पीसीएस) शैलेन्द्र कुमारले गरेका थिए।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै दोस्रो दिनमा मधेस प्रदेश अन्तर कलेज कैपिटल मार्केट क्विज प्रतियोगिता आयोजना गरिएको थियो र सो क्विज प्रतियोगितामा मधेस प्रदेशका ३५ कलेज सहभागी रहेको थियो । उक्त प्रतियोगितामा विरगंज पब्लिक कलेज प्रथम,हरि खेतान क्याम्पस र ठाकुरराम क्याम्पस क्रमशः उपविजेता र तेस्रो स्थान हासिल गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका पूर्व अध्यक्ष गणेश लाठ लगायत गणमान्य व्यक्तिको उपस्थित रहेको थियो।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.