Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकको उपलक्ष्यमा ७ वटै प्रदेशमा विभिन्न वित्तिय साक्षरता कार्यक्रमहरु सम्पन्न

Global IME Bank Limited
सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकको उपलक्ष्यमा ७ वटै प्रदेशमा विभिन्न वित्तिय साक्षरता कार्यक्रमहरु सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत चैत ४ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको ग्लोबल मनि विकका अवसरमा ७ वाटै प्रदेशमा रहेका अफ्ना २५ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ ।  

यस अन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर,विर्तामोड, हल्दिबारी र महेन्द्र चोक ,मधेश प्रदेशको विद्यापति चोक, वीरगन्ज, कृष्ण प्रणामी र राजविराज, बाग्मती प्रदेशको थापाथली,थली, भरतपुर, हेटौंडा रसिनामंगल,गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल र कर्णाली प्रदेशका सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा विभिन्न वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्थी वर्गमा वित्तीय साक्षरताका आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको बैंकले जनाएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको बैंकले उल्लेख गरेको छ ।  

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख ३६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।

 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.