Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

चन्द्रागिरी हिल्सको लक इन समयावधि आज समाप्त हुँदै, सेयरमूल्यमा कस्तो पर्ला प्रभाव ?

Hyundai Nepal
चन्द्रागिरी हिल्सको लक इन समयावधि आज समाप्त हुँदै, सेयरमूल्यमा कस्तो पर्ला प्रभाव  ?
Nabil Bank Limited

काठमाण्डौ । चन्द्रागिरी हिल्सको लक इन समयावधि आज समाप्त हुँदैछ। कम्पनीले एक सूचना जारी गर्दै माघ ८ गते कम्पनीको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि सकिन लागेको हो ।  

Shivam Cement
Sagarmatha Cement

कम्पनीको १ करोड ३५ लाख संस्थापक सेयर,३ लाख ६ हजार ८१९ कित्ता स्थानिय बासिन्दाका लागि जारी सेयर र ६१ हजार ३६४ कित्ता कर्मचारीका लागि निष्कासन गरिएको गरी कुल १ करोड ३८ लाख ६८ हजार १८३ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीले २०७७ मंसिर १७ गतेदेखि पुस १ गतेसम्म स्थानीय वासिन्दाका लागि सेयर निष्कासन गरेको थियो । त्यस्तै सर्वसाधारणका लागि(कर्मचारी समेतमा) २०७७ पुस २४ गतेदेखि पुस २८ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।  

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ २०७७ साल माघ ९ गते बाँडफाँड गरेको थियो । आज कम्पनीले आईपीओ बाँडफाँड गरेको तीन वर्ष पुगेको छ ।  

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।  

यो अवधिसम्म संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् ।  

चन्द्रागिरी हिल्सको लक इन समयावधि समाप्त भएसँगै अब यी सबै सेयर सर्वसाधारण सेयरमा परिणत भएका छन् । र सेयरधनीले आफ्नो भागमा परेको सेयर खरिद बिक्री गर्न पाउने छन् । दोस्रो बजारमा कम्पनीको १५ करोड ३४ लाख ९१० कित्ता शेयर सूचीकृत छन्।

तर कुल सेयरको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९०९ कित्ता मात्रै दोस्रो बजारमा खरिदबिक्री भईरहेको छ ।  

लक इन अवधि समाप्त भएर दोस्रो बजारमा सेयरको आपूर्ती हुने हुँदा यसले कम्पनीको सेयरमूल्य घट्ने गरेको छ । यस्तोमा चन्द्रागिरीको सेयरमूल्यमा पनि घट्ने दोस्रो बजारका लगानीकर्ताले अनुमान गरेका छन् ।  

दोस्रो बजारमा आइतबार कम्पनीको सेयरमूल्य प्रति कित्ता मूल्य ९०५ रुपैयाँ रहेको छ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.