Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

हेरचाहकर्ताको सुविधा दिलाईपाँउ भनि धर्ना बसेका दिपक भण्डारीको अवस्थाप्रति राष्ट्रिय अपांग महासंघको गम्भिर ध्यानाकर्षण

Global IME Bank Limited
हेरचाहकर्ताको सुविधा दिलाईपाँउ भनि धर्ना बसेका दिपक भण्डारीको अवस्थाप्रति राष्ट्रिय अपांग महासंघको गम्भिर ध्यानाकर्षण
Nabil Bank Limited

काठमाण्डौ । स्पाइनल कर्ड इन्जुरी भई पूर्ण रुपमा अशक्त अपांगता भएका दिपक भण्डारीले अपांग व्यक्तिले पाउनु्पर्ने अधिकार पाउनुपर्ने माग राख्दै रत्तपार्कमा धनाए बसिरहेको अवस्थाप्रति गम्भिर ध्यानाकर्षण भएको राष्ट्रिय अपांग महासंघ र अन्य अपांग संघहरुले जनाएका छन् ।  

महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दे स्पाइनल बर्ड इन्ज्युरीबाट पूर्ण अशक्त अपांगता भएका तनहुँ जिल्लाको म्यादे गाउँपालिका वडा न ७ बस्ने दिपक भण्डारीले अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावलीमा व्यवस्था भए अनुसार स्थानिय सरकारबाट पाउनुपर्ने सहयोगी तथा हेरचाहकर्ताको सुविधा आफू बसेको पालिकाबाट दाबी गर्दा पनि नपाएको र उक्त सेवा सुविधा दिलाईपाउँ भनि चैत ६ गतेदेखि रत्नपार्क बाहिर फुटपाथमा धर्ना बसिरहेको अवस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विज्ञप्तीमा कानून र नियमले  सुनिश्चित गरेको सेवा सुविधा उपयोग गर्न पनि अपांगता भएका व्यक्तिले सडकमा धर्ना बस्नुपर्ने अवस्था आउनुले राज्यको अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा अझै सकारात्मक हुन नसकेको आभाष भएको र यसले अपांगता भएका व्यक्तिहरुला्रई मर्माहत बनाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

‘नेपाल पक्षराष्ट्र रहेको अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धीको धारा १९ मा उल्लेख भए अनुसार अपांगता भएका व्यक्तिलाई अन्य सरह समुदायबाट एक्ल्याउने वा अलग्याउने कार्य हुनबाट रोक्न आवश्यक पर्ने व्यक्तिगत सहयोगी लगायत विभिन्न स्तरका घर भित्रका,आवासिय र अन्य आवश्यक सेवाहरु पहँच सुनिश्चित गर्नुपर्ने भनिएको छ । यसैगरी धारा २० मा अपांगता भएका व्यक्तिका लागि निजले रोजेको समय र ठाउँमा व्यक्तिगत गमनशिलतालाई सहज बनाउन आवश्यक सहयोग उपलब्ध गराउने उल्लेख छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

विज्ञप्तीमा दिपक भण्डारीको माग यथासक्दो पुरा गर्न र उनले पाउनुपर्ने सम्पूर्ण अधिकार प्रदान गर्न उल्लेख गरिएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.