शुक्रबार, आश्विन ३०,२०८३ 12:13:30
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 12:13:30
Bizshala
Global IME Bank Limited

सेयर बजारमा चलखेल गर्ने अरु पनि पक्राउ पर्दैछन् ?सेबोन अध्यक्ष भन्छन्: ‘एक–एकको फाइल खोल्दैछु, दोषी कोही उम्किन पाउँदैन’

Bizshala
सेयर बजारमा चलखेल गर्ने अरु पनि पक्राउ पर्दैछन् ?सेबोन अध्यक्ष भन्छन्: ‘एक–एकको फाइल खोल्दैछु, दोषी कोही उम्किन पाउँदैन’
New Office

काठमाण्डौ । सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवाललाई नेपाल धितोपत्र बोर्ड(सेबोन)को सिफारिसमा प्रहरीले पक्रेपछि सामाजिक सञ्जाल शुक्रबार साँझदेखि तातेको छ ।  

सेयरबजारकै चर्चितदेखि नयाँ र गुमनाम लगानीकर्ता समेत आ–आफ्नो तर्कसहित सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।  

बजारमा धेरैले फलो गर्ने लगानीकर्ताहरु(जसलाई ठूला, विज्ञ वा यस्तै यस्तै उपनाम दिइन्छ) दीपेन्द्र अग्रवाललाई मात्र पक्राउ गरिएको विषयको विपक्षमा तर्क पेश गरिरहेका छन् । सर्वसाधारण लगानीकर्ताहरु चाहिँ धितोपत्र बोर्डले बजार सुधारका लागि एक्सन सुरु गरेको भन्दै बाँकी अरुमाथि पनि कारबाही अगाडि बढाउनुपर्ने दलिल पेश गरिरहेका छन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

समग्रमा हेर्दा धेरैजसो लगानीकर्ताहरुको धारणा चाहिँ दीपेन्द्र अग्रवाललाई मात्र कारबाही गरियो र बाँकी बजारमा गलत गर्नेहरुलाई छाडियो भने त्यो धितोपत्र बोर्ड नेतृत्वको पूर्वाग्रही कदम हुन्छ भन्ने नै देखिन्छ । अग्रवालमाथिको एक्सन पूर्वाग्रही होइन भन्ने कुरा प्रमाणित गर्नका लागि समेत सेबोनले वर्षौदेखि त्यहाँ कारबाही नभएर थन्किएका भित्री कारोबार, ग्रुप कारोबार, निर्देशित कारोबार, लकइन पिरियड नखुल्दै सेयर बिक्री गरी लगानीकर्तामाथि भएका ठूला ठगी लगायतका प्रकरणका फाइलहरु एकपछि अर्को गर्दै अगाडि बढाउनुपर्ने बाध्यता पूरा गर्नुपर्नेछ ।  

लगानीकर्ता के भन्दैछन् ?

दीपेन्द्र अग्रवाल पक्राउ परेपछि सेयर बजारका लगानीकर्ताहरुले आ-आफ्नो तर्क पेश गरिरहेका छन् ।  

बजारमा काका उपनामले चिनिएका केशव कोइरालाले अग्रवाल पक्राउ परेलगत्तै सीआईबीले जारी गरेको विज्ञप्तिको स्क्रिनसर्ट समेत राखेर लेखेका छन्- 'के अस्वभाविक मूल्य बढेको Corbl को दीपेन्द्र अग्रवालले मात्रै हो ? अरु कम्पनी छैनन् ? अनुसन्धान र अभियोग लगाए सबैलाई लगाउनुपर्छ । एउटा दीपेन्द्र अग्रवाललाई मात्रै बलिको बोका बनाउन चाहिँ पाइदैन । बाँकी लाभकरको विषयमा हामीले बोल्न मिल्दैन ।' 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कोइरालाको सो स्टाटसको पक्ष र विपक्षमा अरुले कमेन्टहरु गरेका छन् । अमृत पोखरेल नामका फेसबुक यूजरले कमेन्टमा लेखेका छन्- 'Hathy, कता गयो डाइरेक्टर ज्यू ?'  

सुमन दाहाल नामका अर्का यूजरले लेखेका छन्-'काका Hathy ले 100 को शेयर किन 50 मा गरेको रहेछ ?? मूल्य म्यानुपुलेट त होला नि !! अनि धिबोले अहिले 50 को किन नदिएको होला ? Hathy चाहिँ किन दिएको होला ?'

कोइरालाको स्टाटसमा कमेन्ट गर्दै सिए अमृत भण्डारीले लेखेका छन्- 'तपाईंले पनि एकचोटि SPDL को राम्रो विज्ञापन गर्नुभएको थियो, त्यसको लागि कानुन लाग्छ कि लाग्दैन ?'

सुरेशप्रसाद श्रेष्ठले लेखेका छन्-'रिलायन्स स्पिनिङ मिल्सको मिलेमतो मिलाउन यतातिर सबैको ध्यान अन्यत्रतिर मोड्न खेलेको षड्यन्त्र मात्रै हो ।'  

एक्सन राईले लेखेका छन्-'एनआरएनको त सोझै इन्साइडर हो भन्ने देखिन्छ, ख्वै त कारबाही ?'

अधिवक्ता अजय चपाईले केशव कोइरालालाई कमेन्टमा लेखेका छन्- '५० को हाथ्वे १८०० लग्ने पब्लिक कम्पनीको सञ्चालकको हिसाबले तपाई नि भित्र पुग्नुपर्छ ।'  

केहीले भने एनआईसी एशियाको नामै तोकेर 'सेयरमूल्य यति र उति पुग्छ भनेको विगत बिर्सिएको हो ?' भन्दै कोइरालालाई प्रश्न पनि गरेका छन् ।  

यसैगरी, अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि अग्रवाल पक्राउ प्रकरणको विषयमा आ-आफ्नो धारणा सार्वजनिक गरेका छन् । अजय चपाई नामका फेसबुक प्रयोगकर्ताले ७ घण्टाअघि लेखेका छन्- 'जनवरी १५ मा इन्डेक्स ३२०० पुग्छ भन्ने त्यो पनि मिडियामा आएर सुभाषचन्द्र ढुंगाना , कोइराला काकालाई नि जेल हाल्नु पर्छ। त्यसैगरी त्यो झापालीलाई पनि । मिडियामा आएर इन्डेक्स यति पुग्छ उति पुग्छ भन्ने तिनीहरुलाई छुट कसरी छरु के दिपेन्द्र अग्रवाललाई मात्रै पक्राउ गरेर हुन्छ ? म्यासेजरमा ग्रुप बनाउने र सामाजिक सञ्जालमा स्टक प्रचार गर्नेलाई पनि छोड्नहुन्न।'

सेबोन अध्यक्ष के भन्छन् ?

यसैबीच, धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले अग्रवाललाई पूर्वाग्रही भएर कारबाही गर्नका लागि आफूले फाइल अगाडि नबढाएको जिकिर गरेका छन् । 'हामी नियामकको आँखामा गलत गर्ने सबै उस्तै हुन् । अलिक गम्भीर प्रकृतिका फाइलहरु अगाडि बढाउने क्रममा अग्रवाल सुरुमा परेका हुन् ।' उनले भने- 'हामीले वर्षाैदेखि सेबोनमा थन्किएका भित्री कारोबार तथा सोझा लगानीकर्ता ठग्ने अन्य गैरकानूनी गतिविधिसँग सम्बन्धित अनुसन्धान भएका तर कारबाही नगरिएका पुराना केशहरुलाई धमाधम अगाडि बढाउनेछौं । हामीले अरु थुप्रै पुराना फाइलहरु खोलेका छौं । बजारमा गलत गर्ने कोही पनि उम्किन पाउँदैन ।'  

उनले आफू अध्यक्ष भएर आइसकेपछिका कतिपय प्रकरणका अनुसन्धान कार्य समेत अन्तिम चरणमा पुगेको र त्यसमा पनि आफू अगाडि बढ्ने प्रष्ट संकेत गरे । 'हामी ग्रे लिस्टमा परेका छौं, चाँडै त्यहाँबाट निकाल्नका लागि पनि धितोपत्र बजारमा शुद्धिकरण हुनुपर्छ । बजारमा जे गर्दा पनि हुन्छ भन्ने धारणालाई निमिट्यान्न पार्न म प्रतिबद्ध छु ।' उनले थपे-'निर्दोष कोही फस्दैन, दोषी कसैले पनि उन्मुक्ति पाउँदैन । अब म एक्सनमा उत्रिसकेको छु, पछाडि फर्किन्नँ ।'

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.