बुधबार, कार्तिक ७,२०८१ 08:01:37
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:37
IME remit
Global IME Bank Limited

निफ्राले माग्यो सीईओ, कति चाहिन्छ न्यूनतम योग्यता ?

Hyundai Nepal
निफ्राले माग्यो सीईओ, कति चाहिन्छ न्यूनतम योग्यता ?
Nabil Bank Limited

काठमाण्डौ । नेपालको पहिलो र एकमात्र पूर्वाधार बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि दरखास्त आह्वान खुलाएको छ । नेपाल सरकार तथा विभिन्न वित्तीय संस्थाद्वारा प्रवद्धित निफ्राले एक सूचना जारी गर्दै सीईओ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  

सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, व्यवसाय प्रशासन वा कानुनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । अथवा कम्तीमा १० वर्ष अफिसर स्तरमा काम गरेको वा बैंकिङ अथवा वित्त क्षेत्र, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरु अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्नेछ । अथवा चार्टर अकाउन्टेन्सी (सीए) अथवा व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कमर्स, तथ्यांकशास्त्र, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन तथा कानुनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।  

Bizshala
Shivam Cement
CG Motors

यस्तै सीईओ पदका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड पुरा गरेको हुनुपर्ने बैंकले जनाएको छ ।  

योग्य इच्छुक आवेदकले आवश्यक कागजातसहित आगामी ५ वर्षे व्यवसायिक रणनीति कार्ययोजना समावेश गरी चैत २९ गते ५.३० बजेसम्म आवेदन दिन सक्नेछन् । सर्टलिस्टमा परेका आवेदकलाई अगाडीको छनोट प्रक्रियामा समावेश गरिने बैंकले जनाएको छ ।

यसअघिका सिइओ रामकृष्ण खतिवडाले गत माघमा राजीनामा दिइपछि निफ्राको सिइओ पद रिक्त रहेको छ । ।  अहिले सूर्यबहादुर तामाङले बैंकको निमित्त सीईओको जिम्मेवारी सम्हालिरहेका छन् । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.