Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

जनतालाई सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य : अर्थमन्त्री

Global IME Bank Limited
जनतालाई सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य : अर्थमन्त्री
Nabil Bank Limited

काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले जनतालाई धेरैभन्दा धेरै सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् ।  

सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगञ्जमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा महतले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउछौं, आवश्यक पूर्वाधार तयार पार्छौं ।’

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने पनि बताए ।

मन्त्री महतले दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको उल्लेख गर्दै यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने बताए ।

खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको मन्त्री डा महतले बताए । उनले भने, ‘बारा जिल्लाको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको छ ।’  

एयरपोर्ट बन्यो भने बाराको महत्व अझ विस्तार हुने अर्थमन्त्री डा महतको भनाइ थियो । उनले भने, ‘बारामा अधिकांश सडक बनिसकेको छ, मरिन सुनकोशी डाइर्भसन निर्माण भएपछि बारामा सिँचाइका लागि दुःख हुँदैन । त्यसपछि बाराको कृषि उत्पादन बढ्ने, उद्योग, व्यापार र व्यवसाय बढ्छ ।’


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.