Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

दुई उच्च अधिकारीसहित १४८ कर्मचारीले प्रभू बैंक छाड्ने

Global IME Bank Limited
दुई उच्च अधिकारीसहित १४८ कर्मचारीले प्रभू बैंक छाड्ने
Nabil Bank Limited

काठमाण्डौ । प्रभू बैंक लिमीटेडको व्यवस्थापनका २ उच्च अधिकारीसहित १४८ कर्मचारीले जागिर छाड्ने भएका छन् । 

सेञ्चुरी कमर्सियल बैंकलाई गाभेपछि धेरै भएका कर्मचारी कटौति गर्ने उद्देश्यले बैंकले स्वेच्छिक अवकास योजना(भिआरएस स्किम) ल्याएको थियो ।

सो स्किममा सहभागिताका लागि एक डेपुटी जनरल म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजरसहित १४८ कर्मचारीले आवेदन दिएका हुन् । 

बैंकस्थित उच्च स्रोतका अनुसार डेपुटी जनरल म्यानेजर अनुपमा श्रेष्ठ र असिस्टेन्ट जनरल म्यानेजर भोलाप्रसाद पाठकले भीआरएस स्किमका लागि आवेदन दिएका हुन् । 

भिआरएस रोजेकी अनुपमा तत्कालीन सेञ्चुरी बैंकबाट आएकी हुन् भने पाठक चाहिँ प्रभू बैंकमै लामो समयदेखि कार्यरत थिए । 

भीआरएस रोज्ने कुल १४८ कर्मचारीमध्ये माथिल्लो पदका सेञ्चुरीबाट आएका बढी छन् भने तल्लो पदका प्रभूका बढी छन् । 

भीआरएस योजनाअन्तर्गत प्रभू बैंकले ५ वर्षभन्दा कम जागिर खाएका सहायक प्रबन्धकका लागि  २० महिनाको कुल तलब र ५ वर्षमाथि जागिर खाइसकेकालाई २४ महिनाको कुल तबल एकमुष्ट उपलब्ध गराउनेछ । 

यस्तै, अधिकृत तहका लागि भने ३ वर्षभन्दा बढी जागिर खानेलाई २० महिना बराबरको कुल तलब दिइनेछ । 

सेञ्चुरी समेत गाभिएपछि बैंकमा हाल ३५०० हाराहारीमा कर्मचारी कार्यरत छन् । 

बैंकले साउन तेश्रो साता भीआरएस योजना सार्वजनिक गर्दै इच्छुक कर्मचारीबाट आवेदन मागेको थियो । पहिलो चरणमा उपलब्ध म्यादमा निकै कम कर्मचारीले मात्र आवेदन दिएपछि भीआरएसकै मोडालिटीमा केही संसोधन गरी पुनः आवेदन मागिएको थियो । त्यसपछि भने कर्मचारीहरुको आवेदन परेको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.