Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

भारतमा विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च, बाह्य लगानीकर्ताको बढ्दो आकर्षण

Global IME Bank Limited
भारतमा विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च, बाह्य लगानीकर्ताको बढ्दो आकर्षण
Nabil Bank Limited

काठमाण्डौ । भारतको विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च स्तरमा पुगेको छ । भारतको विदेशी मुद्राको भण्डारमा लगातार पाचौं साता बढोत्तरी आएसँगै विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च स्तरमा पुगेको हो ।  

भारतको केन्द्रीय बैंक,रिजर्भ बैंक आफ इन्डिया(आरबीआई)का अनुसार मार्च २२ सम्म भारतको विदेशी  मुद्राको भण्डार १४ करोड डलरले बढेर ६४२.६३१ अर्ब डलरको ऐतिहासिक उचाईमा पुगेको छ । यसको एक साताअघि मात्रै विदेशी मुद्राको भण्डारमा ६.३९६ अर्ब डलरको रेकर्डतोड बढोत्तरी हुँदै ६४२.४९२ अर्ब डलरको स्तरमा पुगेको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसलाई भारतको बजारप्रति विदेशी लगानीकर्ताको बढ्दो आकर्षणका रुपमा लिइएको छ । आरबीआईका अनुसार यो अवधिमा सुनको भण्डारणमा पनि वृद्धि भएको छ । जुन ३४७ मिलियन डलरबाट बढेर ५१.४८७ बिलियन डलरसम्म पुगेको छ । तर स्पेशल ड्राईभिङ राईट्स(एसडीआर) भने ५७ मिलियन डलरले घट्दै १८.२१९ अर्ब डलरमा सीमित भएको छ ।  

यो अवधिमा भारतमा विदेशी प्रत्यक्ष लगानीमार्फत सबैभन्दा बढी क्यापिटल प्रडक्ट,अटोमोबाइल,फाइनान्स,टेलिकम र घर जग्गा सम्पत्तिमा लगानी भएको छ ।  

यसअघि भारतको विदेशी मुद्राको भण्डार सन् २०२१ मा रेकर्डतोड उचाईमा पुगेको थियो । त्यसबेला भारतको विदेशी मुद्राको भण्डार ६४२.४५३ बिलियन डलर पुगेको थियो ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.