Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

महालक्ष्मी विकास बैंकद्वारा समयमै कर्जा भुक्तानी गरि कालो सूचीमा पर्नबाट बच्न आह्वान(भिडियोसहित)

Global IME Bank Limited
महालक्ष्मी विकास बैंकद्वारा समयमै कर्जा भुक्तानी गरि कालो सूचीमा पर्नबाट बच्न आह्वान(भिडियोसहित)
Nabil Bank Limited

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले कर्जा भुक्तानी सम्बन्धी सचेतनामूलक  भिडियो सार्वजनिक गरेको छ  । बैंकले आफ्नो आधिकारीक फेसबुक तथा युटुबमार्फत उक्त भिडियो सार्वजनिक गरेको हो ।  

१ मिनेट २८ सेकेण्ड अवधिको उक्त भिडियोमा कर्जाले खोल्ने सम्भावनाका ढोकाहरु, कर्जाको सहि सदुपयोग र समयमै भुक्तानी गर्नुपर्ने जिम्मेवारीका बारेमा उल्लेख गरिएको छ । बैंकबाट कर्जा लिदा धेरै सम्भावनाहरु खुल्ने र यससँगै ठूलो जिम्मेवारी पनि व्यहोर्नु पर्ने भिडियोमा उल्लेख गरिएको छ । 

‘बैंकबाट प्राप्त गरेको कर्जा रकमको सहि सदुपयोग गर्नु अत्यावश्यक छ । चाहे निजी काम होस्,शिक्षा वा व्यवसाय, जुन उदेश्यका लागि कर्जा लिइएको हो, सोहि उदेश्य  पुरा गर्न कर्जा लिएको रकमको सदुपयोग गर्नुपर्छ । समयमै कर्जा भुक्तानी गर्नु केवल जिम्मेवारी मात्रै होइन,भविष्यका वित्तीय अवसरहरुका लागि एक कदम पनि हो । कर्जाको किस्ता समयमै नतिर्दा जरीवाना त लाग्ने नै भयो । त्यसमाथि अर्कोपटक कर्जा पाउने अवसर पनि कम हुन्छ ।’ भिडियोमा उल्लेख गरिएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भिडियोमा समयमै किस्ता तिर्दा बैंकसँगको सम्बन्ध राम्रो बन्ने र आवश्यकताको समयमा बैंकले सहयोग गर्ने सन्देश दिइएको छ । यसका साथै,केन्द्रीय बैंकले प्रदान गर्ने विभिन्न सहुलियत पनि प्राप्त गर्न सकिने उल्लेख गरिएको छ ।  

भिडियोमा समयमै कर्जाको भुक्तानी गरी कालो सूचीमा पर्ने जोखिमबाट बच्न र भविष्यमा कर्जा लिदा यी कुरा ध्यानमा राखे यसले वित्तिय यात्रा समृद्ध र सुरक्षित हुने बैंकले जनाएको छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.