Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

व्यापारी विशाल पण्डितसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा,मेडिकल उपकरण खरिदमा अनियमितता गरेको आरोप

Global IME Bank Limited
व्यापारी विशाल पण्डितसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा,मेडिकल उपकरण खरिदमा अनियमितता गरेको आरोप
Nabil Bank Limited

काठमाण्डौ । मेडिकल उपकरण खरिदमा अनियमितता गरेको कसुरमा व्यापारी विशाल पण्डितसहित संलग्न कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पण्डितसहित ७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पण्डितविरुद्ध कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्नेलाई खरिदको जिम्मा दिइएको आरोप लगाइएको छ । पण्डितविरुद्ध ३ करोड रुपैयाँ बिगो मागदाबी गरिइएको छ ।  

उनी कारोनाको समयमा पनि मेडिकल सामग्री खरिदको विषयमा विवादमा आएका थिए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बसेरा होलकका मालिक पण्डितसहित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका कार्यरत बायोमेडिकल इन्जिनियर कुसल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेता, स्वास्थ्य निर्देशनालय धनकुटकाका तत्कालीन लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेशनल प्रालि र हस्पिटेकका बजार व्यवस्थापक लक्ष्मीप्रसाद आचार्यलाई प्रतिवादी बनाइएको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.