Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

पेट्रोलको मूल्य लिटरमै रु. ४ ले बढ्यो, आईओसीबाट घटेर आउँदा पनि ग्यासको मूल्य किन यथावत ?

Global IME Bank Limited
पेट्रोलको मूल्य लिटरमै रु. ४ ले बढ्यो, आईओसीबाट घटेर आउँदा पनि ग्यासको मूल्य किन यथावत ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल आयल निगमले सर्वसाधारणको ढाड सेकिने गरी पेट्रोलको मूल्य बढाएको छ ।  

आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटरमै ४ रुपैयाँको दरले वृद्धि गरिएको हो ।  

पछिल्लो मूल्य बढोत्तरीपछि काठमाडौं उपत्यका, पोखरा र दिपायलमा पेट्रोल मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ । 

यस्तै, सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा १७२ रुपैयाँ ५० पैसा पुगेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निगमले पेट्रोलको मूल्य बढाए पनि डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ ।  

निगमले जारी गरेको एक विज्ञप्तिका अनुसार इण्डियन आयल कर्पोरेसन(आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेर तथा डिजेल र मट्टितेलमा ३९ पैसा घटेर आएको छ ।  

यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिण्डरमा २७ रुपैयाँ ४४ पैसाले घटेर आएको छ । तर मूल्य घटेर आउँदा समेत प्रति सिलिण्डरमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेकोले मूल्य समायोजन नगरिएको दाबी गरिएको छ ।  

मूल्य समायोजनको विषयमा निगमले जारी गरेको विज्ञप्ति:

निगमले आईतबार साँझ जारी गरेको विज्ञप्ति ।

Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.