Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

बजेट मस्यौदा लेखनको काम सुरु,सुझाव पेश गर्न अर्थ मन्त्रालयको आह्वान

Hyundai Nepal
बजेट मस्यौदा लेखनको काम सुरु,सुझाव पेश गर्न अर्थ मन्त्रालयको आह्वान
Nabil Bank Limited

काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भईसकेको जनाउँदै बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ ।  

 मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुबाट आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने  विषयका सम्बन्धमा सुझाव पेश गर्न आग्रह गरेको छ । 

यस्तो सुझाव आगामी वैशाख मसान्तभित्र बुझाउन मन्बालयले सबैमा आह्वान गरेको छ । सुझावहरु मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर दिन सकिने मन्त्रालयले जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement

गत शुक्रबार अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । उक्त समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.